ghar sansar

कञ्चनपुर जिल्ला बार अध्यक्ष सिंह सहित चार जना विरुद्ध किर्ते जालसाँची मुद्दा दायर

dirghayu ad

महेन्द्रनगर । काठमाडौं जिल्ला अदालतमा विचाराधिन लेनेदन मुद्दाका वादी सिन्धुपाल्चोकका सुनिल कुमार ज्योति सहित चार जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा किर्ते जालसाची मुद्दा दर्ता भएको छ ।

लेनदेनका मुद्दाका प्रतिवादी भीमदत्त नगरपालिका १५ गोबरैयाका सितादेबी भट्टको तर्फबाट वारिश निरञ्जन प्रसाद भट्टले ज्योति सहित सिन्धुपाल्चोकका नवराज ज्योति, कञ्चनपुर भीमदत्त नगरपालिका ८ का तुल बहादुर थापा मगर र भीनपा १९ का अधिवक्ता नरेन्द्र बहादुर सिह विरुद्ध मुद्दा दायर गरेका हुन् । उनीहरुमध्ये अधिवक्ता सिह कञ्चनपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष हुन् ।

ratnam malkhad

चैत २५ गते अदालतमा किर्ते जालसाँची मुद्दा दर्ता गरिएको थियो । अदालतमा दर्ता फिरादपत्रमा काठमाडौं जिल्ला अदालतको मिसिल संलग्न तारेख पर्चा र नक्कली वारिसनाको दस्तखत किर्ते गरी कागजात बनाएर अदालतमा पेश गरिएको फिरादपत्रमा आरोप लगाइएको छ । फिरादपत्रसंगै रेखा तथा लेखा विशेषज्ञ अधिवक्ता केशब बहादुर थापा क्षेत्रीले प्रमाणित गरेको कागत संलग्न राखिएको छ ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार ताराप्रसाद जोशीले चार जना विरुद्ध किर्ते जालसाचीमा मुद्दा दर्ता भएको जानकारी दिए ।

‘किर्ते जालसाँचीमा मुद्दा दर्ता भएको छ, यो भन्दा बढी केही जानकारी दिन सकिदैन’ उनले भने,‘अदालती प्रक्रिया अनुसार प्रक्रिया सुरु हुन्छ ।’

भीमदत्त नगरपालिका १५ का भट्टले २०६६ मा गोबरैयामा वसन्ती पन्तबाट एक बिगाहा किनेका थिए । पन्त सहितका जग्गाको प्लटको विवादका कारण भट्ट परिवारले रकम दिएर पनि नामसारी हुन रोकिएको थियो । सर्वोच्चको फैसलापछि आएपछि तत्काल भट्ट परिवारको नाममा जग्गा पास भएको थियो ।

मालपोत कार्यालय कञ्चनपुरबाट जग्गा भट्टको नाममा पास भएपछि सिन्धुपाल्चोकका ज्योतिले आफूले वसन्ती पन्तका श्रीमान अभयराज पन्तलाई जग्गाका लागि ५० लाख दिएको भन्दै जिल्ला अदालत काठमाडौंमा लेनदेन मुद्दा दर्ता गरेका थिए । त्यसपछि काठमाडौंं जिल्ला अदालतले मुद्दालाई कञ्चनपुर जिल्ला अदालत पठाएको थियो ।

कञ्चनपुर जिल्ला अदालतमा मुद्दा आएपछि नक्कली कागजात तयार गरी किर्ते जालसाजी गरिएको भन्दै भट्टले अदालतमा किर्ते जालसाँची मुद्दा दर्ता गराएका हुन् । कञ्चनपुर जिल्ला बारका अध्यक्ष सिह ज्योतिको तर्फबाट कानुन व्यवसायी छन् । यस विषयमा जानकारी सिंहलाई सम्पर्क गर्दा उनको मोबाइल फोन रिसिभ हुन सकेन ।

Himal dental
सम्बन्धित
Loading...