कञ्चन विद्या मन्दिर : यसरी पुग्यो यहाँसम्म

कञ्चन विद्या मन्दिरमावि. सं. २०५१ साल देखि मैले देखेको जसमाविद्यार्थी संख्या धेरै न्यून, कक्षा कोठा नभएको, बारी बगैचा नभएको, तारबार नभएको, गेट नभएको, पर्खाल नभएको, फर्निचर नभएको, शैक्षिक अस्तव्यस्तता रहेको, विद्यार्थी उत्तीर्ण प्रतिशत न्यून रहेको, प्रशासनिक अवस्था अस्तव्यस्त रहेको, सरकारी स्तरबाट सरकारी प्र.अ. लाई काजमा ल्याई कामचलाउने गरेको, वि.सं. २०५२ सालमा यस संस्थाको एस.एल.सी. को नतिजा ३४ प्रतिशत रहेको, वि.सं. २०५३ सालदेखि नतिजामा केही सुधार भए पनि आर्थिक अवस्था नाजुक रहेको । विशेष गरी निम्न अवस्थामा भौतिक प्रगति गर्नका निमित्त यस क्षेत्रका समाजसेवी, शिक्षाप्रेमी, राजनीतिज्ञको अथक प्रयासबाट सञ्चालन मात्र भैराखेको, वि.सं. २०६० सालसम्म यस विद्यालयमा १४ ओटा प्र.अ.ले काम गरि सकेको तर वि.सं. २०३६ सालमा खुलेको विद्यालय वि.सं. २०६० साल सम्म रजतजयन्ती बनाउँदासम्म विद्यालयको उन्नति र प्रगति खासै देखिएन । त्यसपछि वि.सं. २०६१ सालमा सञ्चालक समितिको नेतृत्व परिवर्तन गरियो । विद्यार्थी न्यून, भौतिक अवस्थाा जीर्ण, शिक्षक कमर्चारीले न्यून तलब पाउने, १६ महिनासम्म तलब नमिल्ने, विद्यार्थीलाई छात्रवृत्ति दिन नसकिने, भएका विद्यार्थीले पनि शुल्क समयमा बुझाउन नसक्ने त्यस्ता धेरै समस्याहरुको कारणले जिम्मेवारी लिँदा धेरै तनाव भयो । २–३ दिन सम्म रातीनिद्रा परेन । छेउछाउको अभिभावकलाई अनुरोध गर्दा पनि आफ्ना नानी, बालबालिकाहरुलाई कञ्चन पठाउन मान्दैन्थे । वि.सं. २०६२ सालमा विद्यार्थी संख्या ३०० नजिक पुग्यो । वि.सं. २०६३ सालमा त्यो संख्या बढेर ३७५ पुग्यो । वि.सं. २०६४ सालमा सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई ४०० भन्दा बढी पुग्याए खसी खान पाइन्छ भन्ने प्रस्ताव राखे । फल स्वरुप वि.सं. २०६४ सालमा विद्यार्थी संख्या ४०० नाघ्यो । त्यसपछि भए गरेका कामहरु यस प्रकार छन् ।

१. नजिकको खोलाबाट ढुङ्गा र बालुवा बोकी हामी सबै शिक्षक कर्मचारीहरुले मञ्च तयार ग¥यौ ।
२. नजिकको खोलामा भएको बालुवा र गिट्टि बोकी मञ्च भरान ग¥यौ ।
३. ईटा भट्टाबाट तसलमा ईटा ल्याई बाहिरी दिवाल बनायौ । जसका लागि पैसा नभएर आफै मिस्त्री बनी चिनाई ग¥यौ ।
४. कञ्चन विद्या मन्दिरको गेट बनाउन मिस्त्रीले रु. १३,०००÷– ठेक्कामा गरिदिन्छु भन्दा हामीसँग रु. १३,०००÷– नभएको कारण हामी शिक्षक कर्मचारीहरुले आफै मसला बनाई त्यो बेलाका अध्यक्ष श्री सुदर्शन देव भट्टको घरमा जमिनमूनी तीन फिट तल गाढिएका छ सुतका सरिया ल्याई बिनामिस्त्री गेट निर्माण ग¥यौ ।
५. वि.सं. २०६५ सालमा कक्षा ११ र १२ सञ्चालन गर्न हामीसँग धरौटि राख्न पैसा थिएन । कक्षा कोठाको पनि व्यवस्थाथिएन । फर्निचर पनि पर्याप्त थिएन । शिक्षक कर्मचारी पनि पर्याप्त थिएनन् । कक्षा ९ र १० माअध्यापन गराउनु हुने शिक्षक कर्मचारीहरुलाई परिचालन गरि कक्षा ११ र १२ सञ्चालनमा ल्यायौ । संस्थासँग पैसा नभएको कारण चन्दादाताहरुसंग ईटा, बालुवा, गिट्टि, ढुङ्गा, सिमेन्ट, सटरिङ्ग मागी भवन निर्माणको जमर्को ग¥यौ । कात्र्तिक मंसिरमाकाम शुरु भई पैसाको अभावले जेठ अषाढसम्म पनि छत ढलान गर्ने अवस्था भएन । छत ढलान गर्नुभन्दा पहिला कच्चि सटरिङ्गमा माटो राख्दा वर्षाले जङ्गलको घाँस जस्तै हरियाली भएको थियो । पुरै भवनको रु. ५०,०००÷– मा निर्माण सम्पन्न गर्न ठेकेदारले पैसाको अभावमा काम सम्पन्न नगरी भाग्यो । ठेकेदार श्री हरि सिंह मडै खोज्न खाना नखाई ४–५ दिन पर्यास ग¥यौ । रोपाई चलिरहेको अवस्थामा ठेकेदार रोपाई गरिरहेको हातप¥यो । मुस्किलले खुसामत गरी हामी सम्पूर्ण शिक्षक कर्मचारीहरु लेबर बनी श्रावण महिनामा छत ढलान ग¥यौ । त्यहि महिनादेखि कक्षा सञ्चालन गर्नु पर्ने थियो । पैसाको अभावमा त्यो वर्ष झ्याल ढोका लगाउन सकिएन । बिना झ्याल ढोका विद्यार्थीहरुलाई कोठाभित्र राखी खुट्टामुनि हिलो माटो छ्यापछ्याप्ती भएको अवस्थामा विद्यार्थीहरुले पढ्नु पर्दाको दुःख अहिले पनि याद आउँछ ।


६. वि.सं. २०६४ सालमा छात्रावास बनाउनको निमित्त ईटा, ढुङ्गा, गिट्टि, बालुवा चन्दादाताहरुबाट आह्वान गरि पहिलो तलाको निर्माण ग¥यौ । वि.सं. २०६५ सालमा दोस्रो तलाको निर्माण, वि.सं. २०६६ सालमा तेस्रो तला र वि.सं. २०६७ सालमा चौथो तलाको निर्माण ग¥यौ ।
७. वि.सं. २०६६ सालमा सम्पूर्ण शिक्षक कर्मचारीहरुले स्नातक तह खोल्ने प्रस्ताव राखे । वि.सं. २०६६ सालमा स्नातक खोल्न आवश्यक पर्ने धरौटी क्याम्पससंग थिएन । शिक्षक कर्मचारीहरुमा धरौटी जम्मा गर्ने प्रस्ताव राख्दा उहाँहरुले निजी तवरबाट राख्दा सबै स्टाफले हुन्छ भने । तर केही समयपछि बजारमा हल्ला चल्यो कञ्चन विद्या मन्दिरका शेयर बिक्री भए । त्यो घतलाग्दो थियो । त्यसकारण केही व्यक्तिबाट पैसा सापटि लिई धरौटी राखी स्नातक तह सञ्चालन गरियो ।
८. स्नातक तहमा पहिलो वर्ष २८ जनामात्रै भर्ना भए । दोस्रो वर्ष ४९जना भर्ना भए । तेस्रो वर्ष १३३जना भर्ना भए । चौथो वर्ष देखि २०० भन्दा बढी भर्ना भई हालसम्म निरन्तर २०० भन्दा बढी विद्यार्थीहरु प्रत्येक व्याचमा अध्ययनरत छन् ।
९. वि.सं. २०६६ सालमा जिर्ण रहेको भवन त्यसमाथि तला थप्दा जसमा स्नातक तहका कक्षाहरु सञ्चालन गरियो, त्यसको अवस्था दयनिय थियो । कलेजको लागि आवश्यक पर्ने भवन बनाउन पैसा थिएन । कसैले निर्माण समान पनि उधारो दिने अवस्था थिएन । बनाइ दिने मान्छेले विश्वास गर्ने अवस्था थिएन । भवन निर्माण गर्न आवश्यक निर्माण सामग्री जुटाउन सक्ने अवस्था थिएन । मानसिक र शारिरीक तनाव बाहेक अरु केही थिएन । रात दिनको परिकल्पना र चिन्ता र चन्दा कसरी उठाउने भन्ने सोच मात्रै थियो ।


१०. वि.सं. २०६७ सालमा भवन बनाउने जमर्को गर्दा संस्थासंग नगद रुपैया कुनै पनिथिएन । एउटा मिस्त्रीसंग कुरा गर्दा डिबिसी सम्म बनाएर पैसा नपाएको कारण काम बिचमै छोडेर गयो । वरपर खोला आउने, डिबिसीको टाइबिम नहालेको हुँदा खोलाले बगाउने डर थियो । एक बर्षातमा डिबिसीसम्म पानी आउँदा मनमा डर लागि रहन्थ्यो । अर्को वर्ष अर्को मिस्त्री ल्याई न्यून ज्यालामा काम गर्ने सहमति बनायौ । कलेज हाताभित्रभएका साना रुखहरु काटि सटरिङ्ग बनाई एक वर्षमा एक तलाको निर्माणगरि पाँच वर्षमा चार तलाको निर्माण गर्न सफलभयौ । यो २८ कोठे भवन (५८०० वर्ग फिटह ४ गरि जम्मा २३,२०० वर्ग फिट) निर्माण गर्न भवन निर्माण गर्न सफल भयौ ।
११. यू.जि.सी. बाटवि.सं. २०७४ सालमा LOI  प्राप्त  गरी QAA प्रक्रियामा समावेश भइयो ।

सुदूरपश्चिमाञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको स्थापना यस क्षेत्रका अभिभावक, शिक्षाप्रेमी, वुद्धिजीवि, समाजसेवी एवम् चन्दादाताहरुको संयुक्त प्रयासबाट स्थापना भएको हो । सुरुमा स्नातक तह अन्तर्गत व्यवस्थापन संकायमा द्यद्यक् प्रथम वर्षमा २८ जना विद्यार्थीहरु भर्ना भएका थिए, जसमध्ये २६ जना प्रथम वर्षको परीक्षामा सहभागी भए । वि.सं. २०६७ सालमा आइपुग्दा यस कलेजमा द्यद्यक् प्रथम वर्षमा ४९ जना विद्यार्थीहरु भर्ना हुन पुगे भने वि.संं २०६८ मा आइपुग्दा विद्यार्थी संख्या ह्वात्तै बढेर १३३ जना भर्ना हुन पुगे । त्यस पछिका वर्षहरुमा द्यद्यक् प्रथम वर्षमा क्रमशः विद्यार्थी संख्या बढ्दै गएकाले विद्यार्थीहरुको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २०० जनालाई भर्ना दिने गरियो । कलेज सञ्चालन गर्दा सुरुमा पर्याप्त कक्षा कोठाहरु नभएकाले विद्यालयकै दुई तले पुरानो भवनमा दिउँसो कक्षाहरु सञ्चालन गरिएको हो । कलेजको आफ्नो छुट्टै भवन नभएकाले कक्षाकोठा र फर्निचरको अभाव थियो । साथै पुस्तकालयमा पुस्तकको संख्या एकदमै न्यून थियो । व्यवस्थित चमेनागृह पनि थिएन । पछि २०७२ सालमा नयाँ चारतले आधुनिक भवन बनेपछि सहज रुपमा कक्षाहरु बिहानी समयमा सञ्चालन गरिए भने हाल २४० जनाबाट बढाएर विद्यार्थी भर्ना पनि ३८० जना पु¥याइएको छ । यस क्षेत्रका विद्यार्थीहरुलाई MBS पढ्न सुविधा होस् भन्ने हेतुले यस क्षेत्रका अभिभावक, शिक्षाप्रेमी, वुद्धिजीवि, समाजसेवी, चन्दादाता एवम् कलेजका शिक्षक शिक्षिकाहरुको संयुक्त प्रयासबाट वि.सं. २०७४ सालदेखि यस कलेजमा स्नातकोत्तर तहको व्यवस्थापन संकाय अन्तर्गत MBS तहका कक्षाहरु सञ्चालन गरियो । हाल MBS तहमा ६२ जना र BBS तहमा ९४१ गरी जम्मा १००३ विद्यार्थी अध्ययनरत छन् । हाल यस कलेजमा २० जना प्राध्यापक र १० जना कर्मचारी कार्यरत छन् ।

आफ्नो स्थापना कालको ठिक एक दसक पछि वि.सं. २०७६ सालमा विश्व विद्यालय अनुदान आयोगबाट कलेजले QAA (गुणस्तर सुनिश्चतता तथा प्रत्यायन) प्रमाणपत्र प्राप्त गरि प्रदेश नम्बर ७ को चौथो र महाकाली अञ्चलको QAA प्राप्त गर्ने दास्रो कलेज बन्न सफल भएको छ । हाल कलेजमा ८२ ओटा कम्प्यूटर भएको विशाल कम्प्यूटर ल्याब एवम् अत्याधुनकि इन्टरनेट जडित ई–लाइब्रेरी रहेको छ । तेह्र हजार पुस्तकहरु भएको विशाल पुस्तकालय तथा दुई सय जना एकैसाथ बसेर अध्ययन गर्न मिल्ने अध्ययन कक्ष (Reading Room) पनि छ । शुद्ध पिउने पानीका लागि कुलर सहित यूरो जडान गरिएको छ भने दुई सय जना एकैपटक अटाउने विशाल चमेनागृह पनि रहेको छ । आधुनिक चारतले भवनका प्रत्येक कक्षा कोठाहरुमा सिसिटिभी र प्रोजेक्टर जडान गरिएको छ भने एउटा कोठामा स्मार्टबोर्ड राखिएको छ । साथै विद्यार्थी वर्गको आर्थिक कारोबार सहज होस् भनेर कलेजभित्रै कृषि विकास बैंकको एक्टेन्सन काउन्टर राखिएको छ । ६०० जना अटाउने योगा हल एवम् २५० जना अटाउने सेमिनार हल पनि कलेजमा रहेको छ । साथै कलेजभित्रै प्राथमिक उपचार केन्द्र, चेन्ज रुम, रेस्ट रुम, चार तले शौचालय बनाइएको छ । चौबिसै घण्टा विद्युत सुविधाका लागि विशाल जेनेरेटर तथा सोलारको व्यवस्था मिलाइएको छ । कलेजको सुरक्षाका लागि कलेजको चारैतिर सात फिट अग्लो पर्खाल लगाइएको छ । विश्व विद्यालय अनुदान आयोग,त्तब्ब् विभाग अन्तर्गत कार्यरत शाखा अधिकृतका अनुसार हाल नेपालमा १५०० भन्दा बढी कलेज तथा क्याम्पस सञ्चालनमा छन् । जसमध्ये देशभरिका ८२ ओटा उच्च शैक्षिक संस्था हालसम्म त्तब्ब् प्रमाणपत्र हासिल गरेका छन् । सुदूर पश्चिम प्रदेशमा हाल सम्म आठओटा उच्च शैक्षिक संस्थाले प्रमाणपत्र हासिल गरेका छन् । २०७६÷०९÷०७ गते भएको कार्यक्रममा चारओटा शैक्षिक संस्थामध्ये तीन ओटा शैक्षिक संस्थाले धेरै पहिले आशयपत्र बुझाएका र कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले २०७३ सालमा आशयपत्र बुझाएको थियो । सबभन्दा छोटो समय तीन वर्षभित्र QAA प्राप्त गर्ने संस्था कञ्चन विद्या मन्दिर सामुदायिक कलेज रहेको थियो । उच्च शैक्षिकसंस्थाले QAA प्राप्त गरेपश्चात संस्थालाई अब्बल संस्थाको रुपमा अगाडि बढाउनहुन प्रयत्न गर्नुपर्ने कुरा प्रति सजक रहनु पर्ने हुन्छ । QAA चक्र पूरा गर्न कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले पूरा गरेको यात्रा यस प्रकार छ :

२०६६ – स्थापना :  क्याम्पस सञ्चालन गर्न धरौटिको लागि विभिन्न चन्दादाताहरुबाट चन्दा संकलन

२०६९ – प्रथम विद्यार्थी समूह उत्तीर्ण :  नियमित विद्यार्थी समूहमध्ये
२०७३ – आशयपत्र प्राप्त :  QAA प्राप्त गर्न विभिन्न
२०७४÷०२÷०३ – विश्वविद्यालय अनुदान आयोगबाट निरीक्षण
२०७४÷०८÷१६ – UGC बाट निरीक्षण र सुझाव
२०७४÷११÷३० – MBS कक्षा सञ्चालन
२०७५÷०२÷०२ – स्वअध्ययन प्रतिवेदन बुझाउने कार्य
२०७५÷०२÷१८ – स्वअध्ययन प्रतिवेदन स्वीकृती
२०७५÷०२÷२७ – PRT निर्माण
२०७५÷०४÷२५ – अनुगमन र सुझाव
२०७५÷१०÷०२ – अनुगमन र सुझाव
२०७६÷०३÷०१ – मुल्याङ्कन र अनुगमन
२०७६÷०५÷०८ – अनुगमन र धन्यवाद
२०७६÷०९÷०७ – प्रमाणपत्र वितरण

भावी योजना

– TU Affiliated BBA

– TU Affiliated BIM

– TU Affiliated LLB

– TU Affiliated BBM

–  Academic Autonomy

–  Point of Academic Excellence & Research Center

QAA पूर्व रQAA  प्राप्त पश्चात कञ्चन विद्या मन्दिर सामुदायिक कलेज

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले विद्यार्थीलाई आवश्यक न्यूनतम आवश्यकता जस्तै खानेपानी, किताब, कम्प्यूटर, सूचना, स्वास्थ्य जाँच, छोटो अवधिका तालिमहरु, नेत्तृत्व विकास सम्बन्धी तालिम, बैङ्किङ तालिम, भविष्यको सुनिश्चतता, आपसि सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्ने गर्दछ । कृषि विकाससंग सम्झौता गरी कलेज हाताभित्र विद्यार्थी शुल्क जम्मा गर्ने व्यवस्था मिलाएको छ । विद्यार्थीलाई आवश्यक पर्ने सूचनाहरु अभिभावक, विद्यार्थी र प्राध्यापकसंग उपलब्ध गराउन सूचना एकाइको स्थापना गरेको छ । eSchool सूचना प्रणालीले प्रभावकारी काम गर्न नसकेको कारण esolution.school सूचना प्रणालीद्वारा आधुनिक किसिमले सूचना प्रदान गर्ने जमर्को गरेको छ । कलेजभित्र स्वास्थ्य चेक गर्ने कोठाको व्यवस्था गरिएको छ । विद्यार्थीको पोसाक परिवर्तन गर्ने समस्यालाई मध्यनजर गर्दै कपडा परिवर्तन गर्ने कोठाको व्यवस्था गरिएको छ । प्राध्यापक कर्मचारीहरुले आफै परिश्रम गरी बगैंचा, बाटो र गेटको निर्माण गरेका छन् । १५०० भन्दा बढी योग साधक अटाउने योग हलको निर्माण गरिएको छ । अध्ययन अनुसन्धानका लागि अनुसन्धान एकाइ निमार्ण गरिएको छ । विद्यार्थीको बौद्धिक विकास गर्न समय–समयमा विद्यार्थी धारणा परिक्षण गर्ने गरिएको छ । कलेजका सम्पूर्ण शैक्षिक, आर्थिक, भौतिक, नैतिक गतिविधिहरु अनुगमन गर्नुको निमित्त आन्तरिक अनुगमन तथा मुल्याङ्कन समितिको आधुनिक कक्ष तयार गरिएको छ । चार वर्षको कडा मिहिनेत र परिश्रम पछि प्राप्त भएको त्तब्ब्प्रमाणपत्रको अवधि प्रमाणपत्र दिएको मितिले पाँच वर्षसम्म मात्रै मान्य हुने र यस पछि पुनः प्रमाणपत्र लिनुपर्ने प्रावधान छ । यस प्रमाणपत्र प्राप्त गर्न सहयोग गर्नु हुने यस क्षेत्रका राजनैतिक नेता, विद्यार्थी नेता, उद्योगपति, शिक्षा प्रेमी, समाजसेवी, व्यापारी, होटल व्यवसायी, राजनैतिक पार्टी, अभिभावक, भू.पू.अभिभावक, भू.पू.विद्यार्थी, भू.पू.प्राध्यापक, कञ्चन विद्या मन्दिर सञ्चालक समिति, चन्दादाता र सम्पूर्ण महानुभावलाई कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको तर्फबाट मुरिमुरि धन्यवाद टक्र¥याउन चाहन्छौ ।

एडभर्टोरियल

 

सम्बन्धित
Loading...