ghar sansar

दोधारा चाँदनीमा टहरा भत्काएर लखेटिएकी बडवाल टोलकी घर्तीको अढाई महिनादेखि नगरपालिका हारगुहार, भत्काएको टहरा हेरेर फर्किएपछि चुपचाप बसे मेयर

महेन्द्रनगर । टहरा भत्काएर जग्गा कब्जा गरेपछि दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलकी तिरसरा घर्ती बिचल्लीमा परेकी छन् । उनी कब्जा जग्गा फिर्ताका लागि अढाई महिनादेखि नगरपालिका कार्यालय धाइ रहेकी छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुसित जग्गा फिर्ताका लागि हार गुहार गरेकी छन् । मेयर लिम्बुले फिर्ता हुन्छ भन्ने मात्रै आश्वासन दिने गरेको उनी बताउँछिन् ।

mahostaw

बिहीबार दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रको कार्य कक्षमा बसेर उनले जग्गा फिर्ता गराई दिन अनुनय गरिन् । उनले आफ्नो टहरा भत्काउनेलाई कारवाही गरी जग्गा फिर्ताको माग राखिन् ।

‘त्यो जग्गा मेरी आमाले मलाई मलाई दिएको हो, आमाले बेचेको जग्गामा मेरो मतलब छैन, मेरो टहरा फालि दियो, अब मलाई मेरो जग्गा फिर्ता गरि दिनु पर्यो, अनि मेरो बाटोमा लगाएको तारबार हटाइन दिनु परो’ प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई आग्रह गर्दै उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रले उनलाई मेयर, उप मेयर सहित सबैले जग्गा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएको बताए । ‘मेयर उप मेयर साप सबै तपाईको जग्गा फिर्ता गराउन लागि रहनु भएको छ’ उनले भने ।

घर्तीकी आमाले वर्षौ अघि दोधारा चाँदनीका कमल ठगुन्ना सहितलाई १४ कट्टा जग्गा बेचेकी थिइन् । त्यसपछि बचेको तीन कट्टा जग्गा घर्तीलाई दिइएको थियो । उनी त्यहीं जग्गामा टहरा बनाएर बस्दै आएकी हुन् ।

केही महिना अघि कमल ठगुन्ना, राज ठगुन्ना सहितले जग्गा आफ्नो भएको भन्दै घर्तीको टहरा भत्काएको हो । घर्तीका अनुसार ठगुन्ना सहित ८ ÷१० जनाले टहरा भत्काएका थिए । टहरा भत्काएपछि उनीहरुले घर्तीको जग्गामा तारबार लगाएका छन् । घर्तीले आफ्नो जग्गामा लगाएको तारबार हटाउन नगरपालिकासित हारगुहार गर्दै आएकी छन् ।

टहरा भत्काएर जग्गा कब्जा गरेपछि घर्ती माइती घर बसेकी छन् । उनका तीन सन्तान छन् । श्रीमानको केही वर्ष अघि मृत्यु भएपछि उनी टहरामा बसेर सन्तानको लालनपालन गर्दै आएकी छन् ।

‘मेरो बोल्ने कोही छैन, मेरा ्श्रीमान छैन, कोही छैन, त्यही भएर मलाई कसैले साथ दिएको छैन, नगरपालिका धाएकी छन्, मेरो पक्षमा बोल्ने कोही भएनन्’ उनले भनिन् ।

ठगुन्नाको समूहले टहरा भत्काएपछि मेयर लिम्बु सहितको टीमले घर्तीको जग्गा अवलोलन गरेको थियो । त्यसपछि भने मेयरले फिर्ता हुन्छ भन्ने आश्वासन बाहेक अन्य पहल नगरेको उनी बताउँछिन् ।

घर्तीले टहरा भत्काउने ठगुन्ना सहितको नाममा गत चैत १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले आफ्नो टहरा भत्काएर ज्यान मार्ने धम्की दिएकोले आफलाई सुरक्षा र उनीहरुलाई कारवाहीको माग गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालयले घर्तीको उजुरी अनुसार हालसम्म उनीहरुलाई कार्यालयमा बोलाएको छैन । प्रहरीले नगरपालिकाको निर्देशन नआएसम्म उजुरीमाथि कारवाही अघि बढाउन नसकिने जवाफल दिएर घर्तीलाई फिर्ता गरि दिएको थियो ।

घर्तीको जग्गा कब्जामा दोधारा चाँदनी नगरपालिकाका वर्तमान र निवर्तमान जनप्रतिनिधि जोडिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी राना र निवर्तमान वडा अध्यक्ष पुस्कर जोशीले ठगुन्ना परिवारलाई जग्गा कब्जामा सहयोग गरेको स्थानीय बताउँछन् । कार्यपालिका सदस्य रानाको सहयोग भएकाले मेयर लिम्बु आलटाल गर्दै आएको स्थानीय बताउँछन् ।

कार्यपालिका सदस्य राना एमालेबाट दोधारा चाँदनी नगरपालिका ३ मा निर्वाचित वडा सदस्य हुन् । दोधारा चाँदनीमा मेयर लिम्ब सहित अधिकाँश वडाका सदस्य एमालेका छन् ।
दोधारा चाँदनी नगरपालिका ३ नं. वडाले भने घर्तीले वर्षौदेखि जग्गा भोगचलन गर्दै आएको सिफारिश बनाएको छ । उनी वडाको सिफारिश बोकेर इलाका प्रहरी र नगरपालिका धाउँदै आएकी छन् । वडा कार्यालयले गत चैत १४ गते सिफारिश बनाएको थियो ।

घर्तीले राष्ट्रिय भूमि आयोगमा जग्गाको पूर्जाका लागि निवेदन दिएकी छन् । २०७७ बैशाखमा उनले आयोगका अव्यवस्थित बसोबासी अन्र्तगत फाराम भरेकी थिइन् । घर्तीले जग्गाधनी पूर्जाका लागि फाराम भर्दा मेयर लिम्बु भूमि आयोगका विज्ञ सदस्य थिए ।

ठगुन्ना परिवारले घर्तीको जग्गामा उजुरी दिएका छन् । उजुरी दिएपछि उनीहरुले टहरा भत्काएर जग्गा कब्जा गरेका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालय ठगुन्नाको उजुरीका कारण नगरपालिका कार्यालयबाट केही गर्न नसकिने जवाफ दिएर आलटाल गर्दै आएको छ ।

नगरपालिका कार्यालय भूमि आयोगबाट मात्रै समाधान हुने जवाफ दिएर घर्तीको जग्गा कब्जा गराउने अप्रत्यक्ष भूमिका निर्वाह गरि रहेको स्थानीयको आरोप छ ।

Himal dental
सम्बन्धित
Loading...