लागु औषध सहित दुई युवा पक्राउ, प्रहरी हिरासमा राखेर अनुसन्धान हुँदै

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ का दुई युवा लागु औषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकी र लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरको टोलीले भीनपा ४ का दिपक दमाई र चक्र सुनारलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउने क्रममा उनीहरुलाई जाँच गर्दा फेनारगन थान २६ र बुप्रेनोरफिन थान २६ भेटिएपछि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।

सम्बन्धित
Loading...