Sarsoti

दोधारा चाँदनीमा मेयरका कार्यकर्ता नगरपालिका विरुद्ध आन्दोलित, कृषि तथा पशु शाखामा अनिश्चितकालिन तालाबन्दी

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुका कार्यकर्ताले नगरपालिकाको कृषि र पशु विकास शाखामा तालाबन्दी गरेका छन् ।

एमालेको राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार विहान कर्मचारीलाई कार्यालय बाहिर पठाएर तालाबन्दी गरेका हुन् । उनीहरुले कृषि र पशु शााखबाट किसानले पाउने सेवा सुविधा नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

morning glory

दोधारा चाँदनीमा एमाले नेता लिम्बु मेयर छन् । उनी एमालेको नवौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य भएर दोधारा चाँदनीको सह इन्चार्ज छन् । मेयर लिम्बु काठमाडौं गएका छन् ।

राष्ट्रिय युवा संघ दोधारा चाँदनी नगर अध्यक्ष विनोद चौधरीको नेतृत्वमा तालाबन्दी अनिश्चिकालिन तालाबन्दी गरिएको हो । तालाबन्दी गर्न कार्यालय पुगेका उनीहरुले कर्मचारीहरुलाई बाहिर पठाएपछि तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि कर्मचारीहरु मेयरको सचिवालय गएर बसेका छन् । तालाबन्दी खुलाउन प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले दिनभरि पहल गरेका छन् ।

Mahendranagar

युवा संघले किसानले सेवा सुविधा नपाएको गुनासो पटकपटक शाखामा जानकारी गराउँदा पनि वेवास्ता गरिएपछि तालाबन्दी गरिएको युवा संघका नेताहरुले बताए ।

युवा संघका नगर कमिटीले तालाबन्दीपछि विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा कृषि र पशु शाखाले किसानका समस्या र गुनासो सुन्न वेवास्ता गरेको आरोप लगाएको छ ।

दोधारा चाँदनी नगरपालिका कृषि विकास शाखा प्रमु्ख कमलापति भट्टले शाखामा हालसम्म आधिकारिक रुपमा कुनै पनि गुनासो नआएको र विहान तालाबन्दी गरिएको बताए ।

‘शाखामा त्यस्तो कुनै माग आएको छैन, शाखाले आफ्नो कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरि रहेको छ’ उनले भने,‘विहान कार्यालयमा तालाबन्दी गरियो, म त बाहिर थिए, तालाबन्दी गर्दा कर्मचारीहरु सबै कार्यालय आइ सकेका थिए ।’

दोधारा चाँदनीका मेयर लिम्बुले गत चैतमा कृषि शाखाको भवनलाई वडा कार्यालय बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन गराएका थिए । मेयर लिम्बुले कार्यपालिका बैठकबाट कृषि भवनलाई वडा कार्यालय बनाउने निर्णय गरेका थिए ।

युवा संघको नगर कमिटीले तालाबन्दी गरेपछि एमालेको दोधारा चाँदनी इन्चार्ज गगन खत्री छलफल गर्ने बताए । उनले संघका नगर अध्यक्ष चौधरी लगायत नेतासित छलफल गरिने बताए ।

saark school
सम्बन्धित
Loading...