ghar sansar

चलेका सरकारी विद्यालयमा शिक्षा मन्त्रीको अनुगमन, मन्त्रीले देखेनन् दीक्षान्त समारोह नजिक मजदुरका सन्तान पढाउने मदन भण्डारी स्कुल

Amity

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भीमदत्त नगरपालिका क्षेत्रका तीन सामुदायिक विद्यालय अवलोकन गरेकी छन् । मन्त्री श्रेष्ठले भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर मावि, बैजनाथ मावि र भीनपा ५ स्थित सत्यवादी माविमा अवलोकन गरेकी हुन् ।

मन्त्री श्रेष्ठ विद्यालय आउने भएपछि विद्यार्थीहरुलाई कक्षा कोठामा बसाइएको थियो । अहिले विद्यालय भर्ना अभियान सञ्चालन भएकाले मन्त्री श्रेष्ठ आउन लागेपछि विद्यार्थीलाई कक्षा कोठामा बसाएको हो । मन्त्री श्रेष्ठले विद्यार्थीहरुसंगै बेन्चमा बसेकी छन् ।

lotus institite

विद्यालय अनुगमनपछि मन्त्री श्रेष्ठले विद्यालयको वृद्धि विकासका लागि शिक्षक सहितले आ–आफ्नो तर्फबाट पहल र अभिभावकले समेत भूमिका निर्वाह गर्न पर्ने बताइन् । मन्त्री श्रेष्ठ बढी विद्यार्थी र व्यवस्थित रुपमा सञ्चालन गरिएका विद्यालय अवलोकन गरी फर्किएपछि स्थानीयले उनको आलोचना गरेका छन् ।

मन्त्री श्रेष्ठ दीक्षान्त समारोहमा सहभागी केन्द्रीय कार्यालय नजिक मदन भण्डारी आधारभूत विद्यालय छ । त्यही विद्यालय नजिकबाट उनी कार्यक्रममा सहभागी भएकी थिइन् । मदन भण्डारीमा सालघारीका गरीब र सुकुम्बासी परिवारका सन्तान अध्ययनरत गर्छन् ।

मन्त्री श्रेष्ठले कार्यक्रम नजिकको विद्यालयलाई अनुगमन नगरी अन्य विद्यालय रोजेकी हुन् ।

Himal dental
सम्बन्धित
Loading...