हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती गरिएको भन्दै मन्त्री महासेठको पुत्ला दहन

महेन्द्रनगर । कैलालीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको पुत्ला दहन गरिएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपालले हुलाकी राजमार्ग निर्माण ढिलासुस्ती गरिएको भन्दै मन्त्री महासेठ सहित ठेकेदार भीम साउँद र दिपेन्द्र शाहीको पुत्ला दहन गरेको हो ।

संगठनका केन्द्रीय सदस्य दिपेन्द्र ऐरीले हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा पर्ने दैजी,बेल्डाडी, बेलौरी र पुनर्वासमा निर्माण कार्यमा निकै ढिलासुस्ती गरिएकाले पुत्ला दहन गरिएको बताए ।

 

सम्बन्धित
Loading...