ghar sansar

सेवा केन्द्रबाट झण्डै दुई हजार हिंसा पीडित महिलालाई सेवा

Amity

महेन्द्रनगर । घरेलु हिंसाबाट प्रभावितका लागि सञ्चालित सेवा केन्द्रमा परेका ९ उजुरी बाहेक सबै फछ्र्यौट गरिएका छन् । केन्द्रमा गत आर्थिक वर्षमा एक हजार ६ सय ५३ र चालु आर्थिक वर्षको चैतसम्म ६५ उजुरी दर्ता गरिएका छन् । ती उजुरीमध्ये गत वर्ष एक र चालु वर्षका ८ उजुरी फछ्र्यौट हुन बाँकी छन् ।

केन्द्रमा हालसम्म एक हजार सात सय १८ उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी प्रहरीबाट आएका एक हजार एक सय ४६ छन् । त्यसमा गत वर्ष एक हजार एक सय उजुरी आएका थिए ।

lotus institite

सेवा केन्द्रमा हालसम्म स्थानीय तहबाट आएका उजुरीका आधारमा पीडित आएका छैनन् । सेवा केन्द्रमा अदालतबाट १८, स्वास्थ्य केन्द्रबाट १ सय १८, केन्द्र उप केन्द्रबाट ३ सय ९० जना हिंसा प्रभावित आएका छन् । गैर सरकारी संस्थाबाट ४६ जना सेवा केन्द्र आएका छन् ।

केन्द्रका अनुसार कुटपिट भएका महिला सबैभन्दा बढी सेवा केन्द्र आएका छन् । केन्द्रका अनुसार कुटपिटबाट पीडित भएर आउने महिला ७ सय ४ जना छन् । त्यसमा ६ सय ९५ जना गत वर्ष आएका हुन् ।

कुटपिटपछि घरेलु हिंसाबाट पीडित ४ सय ७९ महिला सेवा केन्द्र पुगेका छन् । घरेलु हिंसाबाट यस वर्षको चैतसम्म ३० जना आएका छन् । गत वर्ष ४ सय ४९ महिला केन्द्र आएका थिए ।

यौन दुव्र्यवहारबाट पीडित भएर गत वर्ष ९५ र यस वर्ष ६ जना गरी १सय १ महिला केन्द्र पुगेका छन् । बाल विवाहका ३७ र बहु विवाह पीडित भएका १ सय १६ महिला सेवा केन्द्र आएका छन् ।

सेवा केन्द्रमा आउनेमा आर्थिक हिंसा पीडित ३४, बेचबिखन प्रयास गरिएका ३, अलपत्र पारिएका २ सय ४०, मानसिक सन्तुलत गुमेका ३, ज्यान सम्बन्धि कसुरका २ र सम्बन्ध विच्छेदका ३ जना छन् ।

सेवा केन्द्रले गत वर्षदेखि यस वर्षको चैतसम्म स्वास्थ्य उपचार ९३ जना, कानुनी सेवा १ सय ६४, मनोविमर्श ८१, आयुमुलक काम ४, पारिवारिक पुर्नमिलन १ हजार ६ सय ४४, समुदायमा पुनस्र्थापन ५४, अनाथ आश्रममा पुनस्र्थापन २, वृद्धाश्रम १, मानव सेवा आश्रम कैलाली १ र संघ संस्थामा ८ जना जिम्मा लगाएर सेवा प्रवाह गरेको जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म सेवा केन्द्रमा ६५ जना हिंसा पीडित महिलाले आश्रय लिएका छन् । केन्द्रका अनुसार साउन ९, भदौ ५, असोज ५, कार्तिक ११, मंसिर ७, पुष ५, माघ ४, फागुन ८, चैत ११ जनाले सेवा लिएका छन् ।

स्थानीय तहका आधारमा भीमदत्त नगरपालिकाबाट सबैभन्दा बढी २० जनाले सेवा लिएका छन् । यसैगरी दोधारा चाँदनी १ जना, बेलौरी नगरपालिका ८ जना, बेदकोट नगरपालिका ११ जना, बेलडाँडी गाउँपालिका २ जना छन् । कञ्चनपुर बाहिर जिल्लाका २३ जनाले सेवा केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रमा आउनेमा एक हजार २ सय ४ महिला छन् । यसैगरी ४ सय २३ बालबालिका, आमासंगै आएका बालबालिका ५२ र किशोर किशोरी ३९ जना छन् ।

उमेरका आधारमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी ३१ जना छन् । त्यसपछि १० वर्ष उमेरसम्मका १५ जना, ११ देखि २० वर्षसम्मका ११ जना र ४१ देखि ६० वर्षसम्मका ८ जना छन् ।

Himal dental
सम्बन्धित
Loading...