यस्तो भाषामा पत्रकारलाई चुनौती दिन्छन् दोधारा चाँदनीका मेयर

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार र पत्रकारिता बदनाम हुने गरी अमर्यादित भाषा प्रयोग गरी असन्तुष्टि पोखेका छन् ।

मेयर लिम्बुले जनप्रतिनिधिको मर्यादा बाहिर गएर बिहीबार राति अफ्नो सामाजिक सञ्जाल फेसबुकमा अमर्यादित भाषाको प्रयोग गर्र्दै आफूलाई लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

janjyoti campus

विकल्प दैनिकमा बिहीबार मेयर लिम्बुले कोरिया भ्रमणको आवश्यक प्रक्रिया पूरा नहुँदै कार्यपालिकाबाट निर्णय गराएर पाँच लाख पेश्की लिएको समाचार छापिएको थियो । त्यहीं समाचारलाई लिएर मेयर लिम्बु बिहीबार राति १० बजेपछि फेसबुकबाट पत्रकार र पत्रकारितालाई लाञ्चना लगाउँदै स्टेटश सार्वजनिक गरेका हुन् ।

मेयर लिम्बुले प्रकाशित समाचार निराधार भएको उल्लेख गर्दै आफूमाथि लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न अर्मादित भाषा शैलीमा पत्रकारलाई चुनौती दिएका छन् । उनले पत्रकारलाई पत्रकारका नाममा कलंकित पुत्रकार भन्दै अर्मादित भाषामा आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

फेसबुकमा उनले आफू पटक पटक काठमाडौं र विदेश भ्रमणमा गएको विषय पुष्टिको विषय पनि उठाएका छन् । समाचारमा मेयर लिम्बु कञ्चनपुरमा सबैभन्दा बढी काठमाडौं भ्रमणमा जाने मेयरका रुपमा परिचित भएको उल्लेख गरिएको छ ।

‘विकल्प दैनिकमा छापिएको समाचारले आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउँदै निराधार समाचार छापेर भ्रष्टाचारको आरोप लगाएको पुष्टि गर्न पत्रकारको नाउँमा कलंकित पुत्रकारलाई चुनौती दिन चाहन्छु, साथै बारबार काठमाडौं र विदेश घुम्न गएको कुरा पनि पुष्टि’ मेयर लिम्बुले फेसबुकमा लेखेका छन् ।

मेयर लिम्बु केही दिनदेखि काठमाडौंमा छन् । मेयर लिम्बुले कोरिया भ्रमणका लागि गत चैत पहिलो साता पाँच लाख पेश्की लिएका थिए । पेश्की लिएको एक महिनासम्म कोरिया नगएपछि मेयर लिम्बु विवादमा तानिएका छन् ।

कार्यपालिका सदस्यले पेश्की फिर्ताका कार्यपालिका बैठकमा दबाव दिने तयारी गरेका छन् । मेयर लिम्बुले गत माघ १५ र फागुन १३ गतेको कार्यपालिका बैठकबाट कोरिया भ्रमण स्वीकृत गराएका छन् । कोरियाका दुई निजी कम्पनीको आमन्त्रणमा मेयर नेतृत्वको टोली कोरिया भ्रमणमा जाने कार्यपालिका बैठकबाट निर्णय गरिएको छ ।

कार्यपालिका बैठकबाट निर्णय गराएपछि चैत उनले पाँच लाख पेश्की लिएका छन् । समाचार प्रकाशित भएपछि उनले आफूले पेश्की लिएको विषय पुष्टि गर्न पत्रकारलाई फेसबुकबाट चुनौती दिएका हुन् ।

कोरिया भ्रमणका लागि मेयर लिम्बु र उप मेयर गंगा जोशीले काठमाडौं गएर राहदानी (पासपोर्ट) बनाएका छन् । भ्रमणमा मेयर लिम्बु बाहेक जाने अन्य टोली सदस्यको नाम अझै टुङ्गो लागेको छैन ।

मेयर लिम्बुका स्वकीय सचिव मोहन बहादुर चन्दले मेयर लिम्बुको कोरिया भ्रमणको मिति यकिन भएको जानकारी दिएका छन् । उनले कोरिया अझैसम्म भिसा नआएको बताए ।

भ्रमण निश्चित नभएर पेश्की लिन नपाइने कानुनी प्रावधान छ । त्यस विपरित उनले भ्रमणको टुङ्गो नलाग्दै पेश्की लिएका हुन् ।

नगर कार्यपालिकाको माघ १५ गतेको बैठकबाट कोरियाको जिरो वेष्ट मेनेजमेन्ट कम्पनी र फागुन १३ को अर्को बैठकबाट कोसा कम्पनीको आमन्त्रणमा कोरिया भ्रमणमा जाने निर्णय गरिएको छ ।

मेयरको आग्रहमा कोरिया जान राहदानी बनाएकी उप मेयर गंगा जोशी असतुष्ष्ट भएकी छन् । मेयरले उनलाई भ्रमणमा लैजान नसकिने बताएपछि उनी आक्रोशित छन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरियाको नगर(मुनिसिपिलिटी) भगिननी सम्बन्ध स्थापना, विकास निर्माणको अवलोकन, फोहर व्यवस्थापन अवलोकन र रोजगारीका लागि सम्झौता गर्न मेयर लिम्बुको नेतृत्वमा नगरपालिकाको टोली कोरिया भ्रमणमा जाने निर्णय गरिएको बताए ।

कार्यपालिका बैठकबाट भ्रमण स्वीकृत भएपछि नियमानुसार पेश्की दिइएको बताए । ‘नियमानुसार नै भ्रमण पेश्की दिइएको छ, नभए फिर्ता हुन्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृृत मिश्रले मेयर नेतृत्वको टोलीमा कोरिया जाने सदस्यको नाम भने हालसम्म टुङ्गो नलागेको जानकारी दिए ।

एमाले नेता लिम्बु २०७९ को स्थानीय तह निर्वाचनबाट दोधारा चाँदनीको मेयर निर्वाचित भएका हुन् । कञ्चनपुरमा उनी सबैभन्दा बढी काठमाडौं भ्रमणमा जाने मेयरका रुपमा परिचित छन् । अहिले पनि उनी काठमाडौंमा छन् । यस अघि चैतमा उनी दुई साता बढी समय काठमाडौं बसेर फर्किएका थिए ।

एमालेको नवौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य भएका उनी एमालेको दोधारा चाँदनीको सह इन्चार्ज छन् । एमालेको राष्ट्रिय युवा संघले केही दिन अघि नगरपालिकाको कृषि तथा पशु शाखामा तालाबन्दी गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...