ghar sansar

कञ्चनपुरमा फेरि बढ्यो तस्करी, प्रहरी मिलेमतोको आशंका

khasi

महेन्द्रनगर । कञ्चनपुरमा फेरि तस्करी बढेको छ । प्रहरीले दैनिक रुपमा तस्करीका समान बरामद गरी भन्सारलाई बुझाउँदै आएको हो । तस्करी नियन्त्रणका लागि सशस्त्र र जनपद प्रहरी रात दिन सक्रिय रुपमा लागेका छन् ।

dirghayi clinic

पछिल्लो समय जनपद प्रहरीको ध्यान तस्करीमा नियन्त्रणमा गएको छ । असहले प्रहरीले दैनिक सुरक्षाका अन्यका कामकालाई छाडेर समेत तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

कञ्चनपुर प्रहरीले विभिन्न तीन स्थानबाट अबैध सामान बरामद गरेको छ । विहिबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१२ बाट १९ हजार ५६, इलाका प्रहरी कार्यालय बह्रमदेवबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–९ बाट १० हजार र शुक्रबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० तिनताराबाट ९६ हजार ८७५ गरि करिब एक लाख २५ हजार ९३१ मुल्यको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुर्ती, बिडी, घासको बिउ, चिनी, बिस्कुट, मिठाइ, जिरा, मिश्री, जुत्ता, कपडा लगायतका सामान नियन्त्रणमा लिएर गड्डाचौकी भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ। भारतसित खुला सीमा भएका कारण गड्डाचौकीदेखि डोके बजारसम्मको क्षेत्रबाट तस्करी हुने गरेको बताइन्छ । केही स्थानमा प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको गुनासो पनि आउने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...