ghar sansar

मोबाइलबाट चिट चोर्ने शान्ति निकेतन परीक्षा केन्द्रका ४२ विद्यार्थी निष्कासित

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित शान्ति निकेतन परीक्षा केन्द्रबाट शुक्रबार कक्षा १२ को परीक्षाको पहिलो दिन ४२ विद्यार्थी निष्कासित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ अग्रेजी विषयको परीक्षामा परीक्षा ऐन नियम विपरित कृयाकलाप गर्ने विद्यार्थीलाई निष्कासित गरिएको हो ।

शान्ति निकेतन परीक्षा केन्द्रका केन्द्राध्यक्ष पुष्पराज ओझाले परीक्षा हलभित्र विद्यार्थीले गैर कानुनी गतिविधि मोबाईल ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेर चिट चोर्न लागेको अवस्थामा पहिलो परीक्षाबाट निष्कासन गरिएको बताए ।

Anant bahu travels
dirghayi clinic

केन्द्राध्यक्ष ओझाका अनुसार जिल्ला परीक्षा समन्वय समिति, जिल्ला प्रहरी कार्यालय सहितको संयुक्त टोलीले अनुगमनका क्रममा उक्त विद्यार्थीहरुले ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेर अनाधिकृत कृयाकलाप गर्न लागेको फेला पारेपछि निष्कासन गरिएको बताए ।

‘उनीहरुको पहिलो परीक्षामा निष्कासन मात्रै गरिएको हो, ‘केन्द्राध्यक्ष ओझाले भने, ‘बाँकी विषयका परीक्षा दिन पाउनेछन ।’ शान्ति निकेतनमा सिद्धानाथ अमर मावि गड्डाचौकी, बालजागृती, कञ्चन विद्या मन्दिर महेन्द्रनगरको विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड, जिल्लाका सबै परीक्षा केन्द्रले पूर्ण मार्यादित भएर परीक्षा दिन आब्हान गरेको छ । कञ्चनपुरका २५ परीक्षा केन्द्रमा ९ हजार ६ सय ४५ विद्यार्थी परीक्षामा सहभागी छन् ।

Himal dental
सम्बन्धित
Loading...