

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका– ४ मा विपन्न घर परिवारलाई शौचालय बनाउन सहयोग गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने तथा शौचालय नभएका वा कच्ची शौचालय भएका २० जना विपन्न तथा गरिब घर परिवारलाई निमार्ण कार्यमा लाग्ने रिङ्ग, पाईप, शौचालय सिट लगायत सामाग्री बितरण गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका– ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले वडामा स्च्छता राख्ने वडा कार्यालयको अभियान अनुसार प्रत्येक वर्ष गरिव तथा विपन्न घरपरिवारको अवस्था बुझेर शौचालय निमार्ण कार्यमा वडा कार्यालयले स्थानियहरुलाई सहयोग हुँदै आएको बताए ।

शौचालय निमार्ण कार्यमा वडा कार्यालयले सहयोग गरेपछि स्थानियहरु खुशी प्रकट गरेका छन् । वडामा रहेको १० वटा टोलका वासिन्दालाई शौचालय निमार्ण कार्यक्रम सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

