ghar sansar

दोधारा चाँदनीका वडा अध्यक्ष खत्रीको अगुवाईमा रामलिला नाट्य श्रंखलाका निर्देशक कलाकार क्षेत्रीका लागि उपचार सहयोग संकलन

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा संचालन हुने रामलिला नाट्य श्रंखलाका बरिष्ठ कलाकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रेम क्षेत्रीको दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा सघाउन आर्थिक रकम संकलन गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको अगुवाईमा देश तथा बिदेशबाट रकम संकलन गरी पठाईएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

lotus institite

दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान निवासी र हाल भारतको राजधानीको एक अस्पतालमा उपचार गराई रहेका दोधारा चाँदनी नगरपालिकामा संचालन हुने रामलिला नाट्य श्रंखलाका बरिष्ठ कलाकार, निर्देशक तथा राप्रपाका नेता प्रेम क्षेत्रीलाई अहिले आएर उपचारमा आर्थिक समस्या भईरहेको बताईएको छ् ।

वडाध्यक्ष खत्रीले एक अभियान संचालन गरि देश तथा बिदेशबाट ३३ हजार ९ सय रकम संकलन भएको र उक्त रकम बैंक मार्फत पठाउने तयारी भईरहेको बताएका छन् ।

उनको उपचारमा झण्डै ३० लाख बढी रकम खर्चा भईसकेको बताईएको छ । दोधारा चाँदनी नगरपालिका– ७ को लक्ष्मी माबिको प्रांगणमा संचालन हुने आदर्श रामलिला नाट्य श्रंखलाका निर्देशक तथा बरिष्ठ कलाकार रहदै आएका कलाकार प्रेम क्षेत्रीको दुबै मृगौलामा समस्या देखिएपछि उपचारको लागी उपचार सहयोग रकम संकलन गरिएको हो ।

रामलिला नाट्य श्रंखालमा मेघनाथ, कुम्भकरण, ताडिका, लगाएत थुप्रै पात्रका अहम भुमिका निर्वाह गरिसकेका कलाकार प्रेम क्षेत्री दोधारा चाँदनी नगरपालिका क्षेत्रमा परिचित ब्यक्ती हुन् ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर क्षेत्रका बरिष्ठ नेता मध्य एक मानिन्छन् । बिगत लामो समय देखि संचालन हुने रामलिला नाट्य मुख्य भुमिका निर्वाह गरेको उनि, झण्डै २ वर्ष देखि उपचारको लागी भारतको राजधानी नई दिल्ली पुगेका हुन् ।

कलाकार प्रेम क्षेत्री मृगौलको समस्याले ग्रसित भएको र उनका धर्मपत्नीलाई क्यान्सर पछि शल्यक्रिया गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताए ।

Himal dental
सम्बन्धित
Loading...