दोधारा चाँदनीमा वस्नेतलाई प्रवक्ताबाट हटाएको वर्ष दिनपछि धनाडीलाई जिम्मेवारी

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्तामा हरि सिंह धनाडी चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आइतबार बसेको बैठकले ३ नम्बर वडाका वडा अध्यक्ष धनाडीलाई प्रवक्ता बनाएको हो ।

दोधारा चाँदनी नगरपालिका– २ का वडा अध्यक्ष पदम रावलले धनाडीलाई प्रवक्ता बनाएको जानकारी दिए । यस अघि दोधारा चाँदनी ६ का वडा वडा अध्यक्ष ओंम बस्नेत प्रवक्ता थिए ।

मेयर किशोर कुमार लिम्बुले गत वर्ष वस्नेतलाई प्रवक्ताबाट हटाएका थिए । उनलाई प्रवक्ताबाट हटाएको एक वर्षपछि धनाडीलाई प्रवक्ता बनाइएको हो ।

धनाडी एमालेको दोधारा चाँदनी नगर कमिटीका अध्यक्ष हुन् ।

सम्बन्धित
Loading...