यस्तो हुन्छ दोधारा चाँदनी कार्यपालिका बैठक, जहाँ एउटा एजेण्डा लगेर गरिन्छन् दर्जन निर्णय

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाको आइतबार बसेको कार्यपालिका बैठकका कार्य सूची समावेश नभएका विभिन्न विषयमा निर्णय गरिएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकका लागि सदस्यहरुलाई आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथ कार्यक्रम सम्बन्धि कार्यसूची दिइएको थियो । कार्यपालिका बैठकबाट ११ निर्णय गरिएकोमा १० ओटा निर्णय कार्य सूची बाहिरका छन् ।

बैठकका सहभागी सदस्यहरुका अनुसार कार्यसूचीमा राखिएको एजेण्डालाई भने पहिलो नम्बरमा राखेर निर्णय गरिएको छ । त्यसपछि बैठकको कार्य सूची बाहिरका विषयमा निर्णय गरिएको छ ।

‘बैठकमा एउटा एजेण्डा मात्रै थियो, मेयरले एकाएक गरी ती सबै एजेण्डा ल्याएर निर्णय गराएका छन्’ बैठकमा सहभागी एक कार्यपालिका सदस्यले भने,‘सदस्यहरुले यसबारे बोल्न खोज्दा वास्ता नै गरिएन ।’

मेयर लिम्बुले कार्य सूची बाहिर गएर नगर प्रवक्ता, कर्मचारीलाई आर्थिक सहयोग, नगर अस्पताल सञ्चालनका लागि व्यवस्थापन समिति चयन लगायतका एजेण्डामा निर्णय गराएका छन् ।

सम्बन्धित
Loading...