ghar sansar

दोधारा चाँदनी ६ वडा अध्यक्ष बस्नेत सहित सबै सदस्यले गरे १२ औं नगर सभा बहिस्कार

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभा केही सदस्यले बहिस्कार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ ले दोधारा चाँदनीको नगर सभा बहिस्कार गरेको छ ।

दोधारा चाँदनीलृ आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रमका लागि सोमबार १२ औं नगर सभा गरेको छ । नगर सभालाई दोधारा चाँदनी ६ का वडा अध्यक्ष सहित सबै सदस्यले बहिस्कार गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा नगर सभा सञ्चालन हुँदा वडा अध्यक्ष वस्नेत सहित सदस्यहरु वडा कार्यालयमा थिए । उनीहरुले नगर सभामा सहभागी नभएको बताए ।
वडा अध्यक्ष वस्नेतले आफू सहित सबै सदस्यहरु नगर सभामा नगएको बताए । ‘हो हामीहरु नगर सभामा सहभागी भएनौ’ अध्यक्ष वस्नेतले भने ।

स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनु पर्र्ने कानुनी प्रावधान छ । अहिले नीति तथा कार्यक्रम पारित गरी त्यसका आधारमा आगामी वर्षको बजेट ल्याउन नगर सभा गरिएको हो ।

यस अघि शुक्लाफाँटा नगरपालिकाले नगर सभा गरि सकेका छन् । गत वर्ष जिल्लामै सबैभन्दा पहिले बेदकोट नगरपालिकाले नगर सभा गरेको थियो ।

दोधारा चाँदनी नगर कार्यपालिकाको आइतबार बसेको बैठकमा वडा अध्यक्ष वस्नेतले दोधारा चाँदनी नगर अस्पतालको अध्यक्ष मेयर हुने निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । त्यसको एक दिनपछि वस्नेत सहित सबै सदस्य नगर सभा बहिस्कार गरेका छन् ।

वस्नेत एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । दोधारा चाँदनीमा एमालेका किशोर कुमार लिम्बु मेयर छन् । दोधारा चाँदनी ६ मा अध्यक्ष सहित सदस्य सबै एमालेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...