ghar sansar

दोधारा चाँदनी पुगे रमेश लेखक, बाबाथानको यस्तो सडकमा पनि जाला त नजर

janjyoti campus

महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक दोधारा चाँदनी पुगेका छन् । तीन दिन अघि गृह जिल्ला आएका लेखक बुधबार नेता कार्यकर्ता सहित दोधारा चाँदनी पुगेका छन् ।

उनले बाबाथानका आगलागी पीडित परिवार सहितलाई भेटघाट गर्ने कार्यक्रम बनाएका छन । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद हुन् ।

western public academy

केही दिन अघि बाबाथान बजार नजिक स्थानीयको गहुँबालीमा आगो लागेर लाखौंको गहुँबाली नष्ट भएको थियो । साँसद लेखक गहुँबाली नष्ट भएका परिवारलाइृ भेटघाट गर्ने छन् ।

बाबाथान बजार पुग्ने भएपछि लेखकले बाबाथान बजारको जीर्ण सडक पनि अवलोकन गर्ने अनुमान गरिएको छ । काँग्रेस कार्यकर्ताले भने अहिलेसम्म सडक अवलोकन गर्ने कार्यक्रम बाहिर सार्वजनिक गरेका छैनन् ।

बाबाथान बजारमा मूल सडक खण्ड जीर्ण भएपछि वासिन्दा सास्ती खेप्दै आएका छन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीय आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको स्थानीयले बताए ।

dirhayu

आर्थिक २०७०÷०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५÷०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो ।

निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडेसंगै उक्त सडक नदीको बगर सरह भएको छ । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भएसंगै स्थानियले समय समयमा विरोध जनाउँदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको मूल सडक खण्ड सडकनै जिर्ण भई सवारी साधन आवागमन तथा हिँडडुल गर्न सास्ती भएपछि स्थानियहरुले आन्दोलन गर्ने बताए ।

दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार निवासी रवि यादवले बाबाथान बजार क्षेत्रको सडक पिच नगरे सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बाबाथान बजारका एक व्यवसायी मनु ओलीले सडकमा बग्रेल्ति फुटाएको ढुङ्गा संगै धुल्याम्मे सडक भएको कारण बाजर क्षेत्रमा हिँडडुलमा समेत निकै समस्या आएको बताए । बजारमा राखिएको मिष्ठान पसल बढी प्रभावित बन्दै गएको व्यवसायीहरु बताउँछन् ।

हावाहुरीको कारण सडकबाट उड्ने धुलोले व्यवसायीहरुको पसलहरुमा धुलोको कारण पसल धुलाम्ये हुने गरेको बताईएको छ । बाबाथान बजार दोधारा चाँदनी नगरपालिका क्षेत्रको सबै भन्दा पुरानो बजार मानिन्छ् ।

बजार व्यवसायीहरुले स्थानिय तहका जनप्रतिनिधिलाई सडक धुल्याम्मे भएर आफ्नो व्यावसायमा समस्या पर्दै आएको बताएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सडकको कारण आउने धुलो, मैलोलाई रोक्न तीन थान सानो सिँचाईको मोटर उपलब्ध गराएको व्यवसायीहरुले बताए ।

बारम्बार जनप्रतिनिधिहरुले सडक बनाउने आश्वास गर्दै आए पनि सडक निमार्ण कार्यमा कसैको ध्यान नगएको स्थानियहरु बताउँछन् । दोधारा चाँदनी नगरपालिका– ७, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, सुदूरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगर, र पूर्व मन्त्री मान बहादुर सुनारको वडा पर्दछ् ।

Himal dental
सम्बन्धित
Loading...