ghar sansar

राष्ट्रिय सिँचाई जल उपभोक्ता महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा शर्मा

महेन्द्रनगर । राष्ट्रिय सिँचाई जल उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कञ्चनपुरको पाँचौ जिल्ला अधिवेशनबाट गिरीराज शर्मा अध्यक्षमा चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनबाट शर्माको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ ।

daimond public

सात सदस्यीय समितिको समितिको उपाध्यक्षमा कृष्णराज भट्ट, सचिव धर्मानन्द पन्त, सह –सचिव गोपाल कुँबर, कोषाध्यक्ष विमला धामी चयन भएका छन् । समितिका बाँकी चार सदस्य पछि मनोनित गर्ने निर्णय भएको छ ।

lotus institite

गिरीराज शर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय सिँचाई जल उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव गुणदेव पन्त प्रमुख अतिथि थिए ।

कार्यक्रममा त्यसैगरी राष्ट्रिय सिँचाई जल उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खगेश्वर प्रसाद पाण्डेय विशिष्ठ अतिथि थिए । कार्यक्रममा जिल्ला भरिका जल उपभोक्ता समिति प्रतिनिधि सहभागी भएको उपाध्यक्ष कृष्णराज भट्टले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...