

महेन्द्रनगर । महेन्द्रनगर बजार क्षेत्रमा पार्किङ्ग व्यवस्थित गर्न अभियान सुरु भएको छ । बजार क्षेत्रमा पार्किङ्ग स्थल नभएर अव्यवस्थित रुपमा सवारी पार्किङ्ग हुने गरेको हो ।
भीमदत्तले पार्किङ्ग स्थल बनाउने कार्यलाई वेवास्ता गरी पार्किङ्ग व्यवस्थित बनाउने अभियान थालेको हो । भीमदत्तका उप मेयर निलम लेखक जोशीले बिहीबार अभियान अन्र्तगत बजार क्षेत्र अनुगमन गरेकी छन् ।

भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले संयुक्त रुपमा पार्र्किङ्ग अभियान सञ्चालन गरेका छन् ।

अभियानका क्रममा उप मेयर जोशीेले सात दिन अनुमगन गरिने बताइन् । ‘हामीले हरेक दिन सात दिन स्थलगत अनुगमन गछौँ, यो अवधिमा सम्झाई बुझाई गछौँ, ‘उनले भनिन, ‘पछि कार्बाही गछौँ ।
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले बजार क्षेत्रमा अव्यवस्थित पार्किङ्गबाट निम्तिने समस्या समाधान गर्नका लागि व्यवस्थित पार्किङ्गका लागि अभियान थालिएको बताए ।
‘हरेक गल्लीको पछाडी पार्किङ्ग व्यवस्थापनका लागि हामीले संयुक्त पहल थालेका छौँ, ‘उनले भने, ‘एक सातासम्म सचेतना गराउने, अर्को सातादेखि सुधार नभए कार्बाही गछौँ ।’
महेन्द्रनगर बजार क्षेत्रमा पार्किङ्ग व्यवस्थापनका लागि यस अघि पनि प्रयास हुँदै आएका छन् ।
