Sarsoti

भारतीय एसएसबीद्वारा दोधारा चाँदनीका युवकमाथि निर्घात कुटपिट

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा एसएसबीद्वारा एक नेपाली युवक निर्घात कुटपिट गरिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा एसएसबीद्धारा दोधारा चाँदनी नगरपालिका– ८ सैनिकटोल निवासी वर्ष अन्ताजी ३५ का नर बहादुर नेपालीलाई सिमावर्ती भारतिय बजारबाट घर फर्किदा गर्दा नेपाल–भारत सिमा क्षेत्र नजिक भारतिय सिमा सुरक्षा बल (एसएसवी) द्धारा कुटपिट भएको नर बहादुर नेपाली बताए ।

morning glory
Mahendranagar

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमावर्ती बजार मेलाघाट स्थित रहेको भारतिय सिमा सुरक्षा बल (एसएसवी) पोष्ट नजिक रातीको समयमा दोधारा चाँदनी फर्किदै गर्दा आफु कुटिएको नर बहादुर नेपालीले बताए । भारतिय सिमावर्ती बजारमा फर्कदा आफुहरुलाई ढिलो हुने विषयमा आफुले एसएसवीलाई जानकारी गराउदा समेत कुटिएको बताएका छन् ।

मदिराले लठ्ठ भएका नाउ नखुलेको एसएसवी जवानले आफुलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गरेको नेपालीले बताएका छन् । कुटाईबाट नर बहादुर नेपालीको टाउको, हात र खुट्टामा निलडाम भएको उनले बताए ।

‘साथीहरुले संग घर फर्किदा गर्दा एसएसवीले हामीलाई रोक्न भन्यो, हामीले मोटरसाईकल रोक्यौ, अनि आईडी देखा भन्दै कुटपिट गर्न थाल्यो’ नर बहादुर नेपालीले भने ।

कुटपिटमा उनले लगाएको हेल्मेटको सिमा समेत फुटेको छ् । सिमावर्ती भारतिय बजारबाट आफन्तको उपचार गरेर फर्कने क्रममा नेपाली कुटिएको स्थानियहरुले बताएका छन् । कुटपिट भए संगै दोधारा चाँदनी नगर अस्पतालमा उपचार पछि उनि घर फर्केका छन् ।

saark school
सम्बन्धित
Loading...