ghar sansar

नेपाल लाइफले मनायो २३ औं वार्षिकोत्सव, रक्तदानदेखि वृक्षारोपणसम्मका कार्यक्रम

Amity

महेन्द्रनगर । जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले शुक्रबार आफ्नो २३ औ बार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिमका सबै शाखामा विभिन्न कार्यक्रम गरिएका छन् ।

कम्पनीको धनगढी र महेन्द्रनगर शाखामा रक्तदान कार्यक्रम गरिएको छ । यसैगरी धनगढी शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप महानगर पालिकालाई हरियाली प्रबद्र्धन कार्यक्रमका लागि पाँच लाख प्रदान गरेको छ ।

lotus institite

महेन्द्रनगर शाखाले रक्तदानका साथ वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेको छ । कम्पनीको सार्वजनिक क्षेत्रमा वृक्षारोपण अभियान अन्र्तगत सुुदूरपश्चिमका सबै शाखाले वृक्षारोपण गरेको नेपाल लाईफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख दीपक राज भट्टले बताए ।

उनले नेपाल लाईफ नेपाली जीवन बीमा क्षेत्रको सबै भन्दा ठूलो कम्पनी भएको र अधिकांश क्षेत्रमा अग्र स्थानमा रहेको बताए ।

हाल देशभरि कम्पनीका १ सय ८४ शाखा छन् । सुदूरपश्चिममा १६ शाखाबाट बीमितलाई सुविधा दिँदै आएको कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...