
एमालेको युवा संघले दोधारा चाँदनीमा देखाउन थाल्यो सक्रियता, बडवाल टोलका सुनारको उपचारका लागि जुटाउँदै सहयोग
महेन्द्रनगर । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल यति बेला दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सक्रिय देखिएको छ । दोधारा चाँदनीमा युवा संघले विकास निर्माणका लागि स्थानीय सरकारलाई दबावदेखि सामाजिक कार्यमा सक्रियता देखाएको छ ।
दोधारा चाँदनीमा बिनोद चौधरीले संघको नेतृत्व लिएपछि युवा संघका गतिविधि बढेका छन् । संघले दोधारा चाँदनी नगरपालिका– ९ बडुवाल टोलका ४० का धन बहादुर सुनारको उपचारको लागि सहयोग रकम संकलन सुरु गरेको छ ।
स्ंघका पूर्व केन्द्रिय सदस्य रामसिंह खड्काको नेतृत्वमा दोधारा चाँदनीको विभिन्न स्थानमा पुगेर रकम सहयोग संकलन गरिएको संघका नगर अध्यक्ष चौधरीले जानकारी दिए ।
धन बहादुर सुनार झण्डै चार महिनादेखि आन्द्राको समस्याले ग्रसित भएका छन् । उनको उपचारमा झण्डै १४ लाख बढी खर्च भएर उपचार रकममा समस्या देखिएको कारण उपचारमा सघाउ पुग्ने उद्देश्यले सहयोग रकम संकलन गर्न सुरु गरिएको छ ।
पूर्व केन्द्रीय सदस्य खड्काले दोधारा चाँदनीका स्थानिय, कर्मचारी, जनप्रतिनिधिलाई उपचारका लागि सहयोग माग गरिएको बताए ।
‘आर्थिक अवस्था निकै दैनिय रहेका भिम सुनारजीको उपचारको लागि साथीहरुको सल्लाहबाट रकम संकलन सुरु गरेका हौ’ खड्काले भने ।
आइतबार एकै दिन ३५ हजार २ सय ७५ रुपिँया उपचार सहयोग रकम संकलन गरिएको छ । ‘संकलित उपचार सहयोग रकम चाडै भिम बहादुर सुनारजीको घरपरिवारलाई हस्तान्तरण गर्ने तयारीमा छौं’ नगर अध्यक्ष चौधरीले भने ।
आन्द्रामा समस्या भएका भिम बहादुर सुनारको धनगढी स्थित एक अस्पतालमा उपचार भईरहेको बताईएको छ । संघका पूर्व केन्द्रिय सदस्य खड्का सहित नगर अध्यक्ष चौधरी, संघका जिल्ला सदस्य किशोर आग्री, एमाले दोधारा चाँदनी– ९ वडाका उप–सचिव भक्त बहादुर रावत, स्थानिय युवा नविन गुरुङ्ग लगायतले सहयोग संकलन गरि रहेका छन् ।
