ghar sansar

दोधारा चाँदनी नगरपालिकाले आगलागीबाट गहुँबाली नोक्सान भएका १९ घर परिवारलाई राहत दिने

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले आगो लागेर गहुँबाली नोक्सान भएका १९ घरपरिवारलाई राहत दिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको बैठकले गहुँबाली नोक्सान भएको जग्गाका आधारमा प्रतिकट्टा एक हजार पाँच सय रुपैँयाका दरले राहत दिने निर्णय गरेको हो ।

दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक सचिव टोलमा बैशाख ६ गते आगलागी हुँदा १९ घरपरिवारको गहुँबाली जलेर नोक्सान भएको थियो । नगरपालिकाले यस अघि सबै परिवारलाई ५ हजारका दरले राहत रकम दिएको थियो ।

lotus institite

दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले समितिको आज बसेको बैठकले आगलागी भएको गहुँवाली प्रति कट्टा जग्गाको १५ सय दरले राहत दिने निर्णय भएको बताए ।

नगरपालिकाका अनुसार सन्तोष बहादुर मगर, पदम बहादुर मगर, कौशिला मगर, सुनिता मगर, जानकी देबी खड्का, चन्द्र बहादुर सुनार, सुमित बहादुर सुनार, केशव प्रसाद बराल, सन्जु देबी ठाकुर, बिर सिंह सुनार, शिवु देबी सुनार, शान्ता क्षेत्री, लोक बहादुर सुनार, दिपा देबी मगर, चन्द्रा खड्का, नन्द बहादुर सुनार, शोभा देबी पुन मगर, लाल बहादुर पुन मगर र सुर्जा देवी सुनारको आगोले गहुँ र भुस पुर्णरुपमा नष्ट भएको थियो ।

गएको ६ गते बिद्युत तार एकआपसमा ठोक्किएर आगलागी हँुदा १० बिघाह खेतमा लगाएको किसानहरुको गहुवाली नष्ट भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...