ghar sansar

जैविक तटबन्ध बनाएर कुतियाकवर बस्ती जोगाइने

dirghayu ad

महेन्द्रनगर । दोधारा । दोधारा चाँदनीको कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन जैविक तटबन्ध निमार्ण गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्तीलाई बाढीबाट जोगाउन जैविक तटबन्ध निमार्ण गरिने भएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय नगर विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले कुतियाकवर बसतीलाई बाढीको प्रकोपबाट जोगाउन जैविक तटबन्ध निमार्ण गर्नको लागी नगर क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरुलाई सघाउन अनुरोध गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले जानकारी दिएका छन् ।

ratnam malkhad

बाढीको बेला कटान र डुवानमा पर्ने कुतियावकर बस्तीमा हाल २ सय मिटर पक्की तटबन्ध निमार्ण क्रममा छ् । अझै झण्डै ८ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य गरे मात्र बस्ती सुरक्षित अवस्था देखिएको छ् । हाल बाँकी रहेको ८ सय मिटरमा वर्षाको बेलामा महाकाली नदीको बाढी बस्तीमा पस्ने सम्भावना प्रवल देखिन्छ् ।

हालको लागी उक्त स्थानमा जैविक तटबन्ध निमार्ण कार्य गर्न दोधारा चाँदनी नगरपालिलका कार्यालयले सुरसार कसेको हो ।

वर्षामा नआउदै जैविक तटबन्ध निमार्ण कार्य पुरा हुने गरि निमार्या कार्य अघि बढाउन सहयोगी संघ–संस्थाहरुलाई अनुरोध गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...