दोधारा चाँदनी नगरपालिकाले किसानलाई बाँड्न थाल्यो अनुदानमा धानको उन्नत बिऊ, ८० क्विन्टल बिऊ वितरण गरिने
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका कार्यालय कृषि शाखाले किसानहरुलाई अनुदानमा उन्नत धानको बिउ वितरण गर्न सुरु गरेको छ । ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्न थालिएको छ ।
दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, दोधारा चाँदनी नगरपालिका कृषि शाखा प्रमुख कमलापति भट्ट, नगर पशु शाखाका शाखा प्रमुख कृष्ण सिंह साँउद लगायतले धानको बीउ वितरण सुरुवात छन् ।
चालु आर्थिक वर्षमा ८० क्विन्टल धानको बीउ वितरण गरिने कृषि शाखा शाखा प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को संघिय सशर्त अनुदान कार्यक्रम ‘खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान’ कार्यक्रम अनुसार बहुगुणी– १, सुख्खा धान– ३, हर्दिनाथ– ५, राधा– ४, सावा मंसुली सव– १ उन्नत जातका धानका बिउ ५० प्रतिशत अनुदानमा बितरण गर्न लागिएको हो ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा करिब २१ सय हेक्टर जमिनमा धान खेती गरिन्छ् । बहुगुणी– १, सुख्खा धान– ३, हर्दिनाथ– ५, राधा– ४, सावा मंसुली सव– १ नेपाल सरकारले सुचिकृत गरिएका उन्नतजातका धानका बिउहरु हुन् ।
बिगतमा सिमावर्ती भारतिय बजारबाट खरिद गरेर किसानहरुले धान खेती गर्दै आएपनि बिगत केही नेपाल सरकारले सुचिकृत गरेका धानका बिउहरु प्रयोग गर्दै आएको कृषी शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । किसानहरुको माँग बमोजिम धानका बिउ बितरण गरिएको हो ।