
दोधारा चाँदनीमा वडा अध्यक्ष रोकायाले दिए आफ्नो सेवा सुविधाबाट महिला स्वास्थ्य स्वयम् सेविकालाई झोला उपहार
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष ओम प्रकाश रोकायाले महिला स्वास्थ्य स्वयम् सेविकालाई झोला उपहार दिएका छन् । वडाभित्रका स्वयम् सेविकालाई मंगलबार आफ्नो सेवा सुविधाबाट उपहार स्वरुप झोला दिएका हुन् ।
एमालेका युवा नेता रोकाया दोस्रो कार्यकालका लागि वडा अध्यक्ष छन् । वडा अध्यक्षमा २०७४ को जितलाई निरन्तरता दिँदै रोकाया दुई वर्ष अघि स्थानीय तह निर्वाचनमा निर्वाचित भएका हुन् ।
एमालेमा उनी भद्र र शालिन स्वभावका नेता मानिन्छन् । अघिल्लो कार्यकालमा उनले दोधारा चाँदनी नगरपालिकाको विधायन समितिको नेतृत्व गरेका थिए ।
