ghar sansar

नगर विकास समितिको जग्गा घोटालाका तीन मुद्दाको फैसला, तत्कालिन तीन अध्यक्ष सहित पाँच जना दोषी ठहर

महेन्द्रनगर । विशेष अदालतले तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा समितिका तत्कालिन तीन अध्यक्ष सहित दुई कर्मचारीलाई कैद सजाय र बिगो भराउने फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायरमा मुद्दामा विशेष अदालतले समतिकिा तत्कालिन अध्यक्ष पुस्कल चौधरी, गोपाल रसाइली, पल्टु राना सहित नायब सुब्बा र अर्का अमिनलाई कैद सजाय र बिगो भराउने फैसला गरेको हो ।

अख्तियारले समितिका तत्कालिन तीन अध्यक्ष सहितको नाममा चार ओटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती चार मुद्दामध्ये मंगलबार तीन मुद्दाको फैसला भएको छ ।

नगर विकास समितिका तत्कालिन अध्यक्ष पुस्कल चौधरी सहितका व्यक्ति विरुद्ध दायर गरिएको मुद्दामा अदालतले पनेरु, समितिका नायब सुब्बा पुष्पराज भट्ट र चन्द्रप्रसाद चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीलाई दुई वर्ष तथा भट्ट र चौधरीलाई डेढ वर्षको कैद सजाय तथा उनीहरुबाट दामासाहीका दरले २९ लाख ७४ हजार तीन सय ७० रुपैयाँ बिगो भराउने फैसला भएको छ ।

त्यस्तै, अख्तियारले समितिका तत्कालिन अध्यक्ष पल्टु राना विरुद्ध दायर गरेका दुबै मुद्दामा उनी दोषी ठहर भएका छन् । रानालाई चार वर्ष जेल सजाय र ७२ लाख ६४ हजार सात सय ८३ रुपैयाँ बिगो भराउने पैmसला भएको छ ।

समितिका अर्का तत्कालिन अध्यक्ष गोपाल रसाइलीविरुद्ध अख्तियारले मुद्दा दायर गरेकामध्ये दुई मुद्दमा उनी दोषी ठहर भएको छन् । अदालतले रसाइलीलाई पनि चार वर्षको कैद र दुई करोड २१ लख ९७ हजार चानर सय रुपैयाँ बिगो तोकेको छ ।

तत्कालीन सदस्य सचिव चन्द्रप्रसाद चौधरी, नायब सुब्बा पुष्पराज भट्ट र नगर विकास समितिका तत्कालीन अमिन तुलादत्त जोशीलाई पनि दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही डेढ वर्ष कैद सजाय हुने फैसला विशेषले गरेको छ ।

जोशी र भट्टलाई समान १५ लाख ४७ हजार ३३३ रुपैयाँ जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।

अदालतले ती सबै मुद्दासँग जोडिएका जग्गाको बिक्री खारेज गरेर फेरि नगर विकास समितिकै नाममा दर्ता गर्न पनि आदेश दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...