बेदकोटको साना किसान सहकारी दैजीले ल्यायो बिऊ प्रशोधन केन्द्र सञ्चालनमा, किसानलाई सुपथ मूल्यमा बिऊ उपलब्ध गराइने

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीस्थित साना किसान कृषि सहकारी संस्थाले बिऊ उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीको सामादैजीस्थित कार्यालय प्राङ्गणमा केन्द्र सञ्चालन गरी बिऊ प्रशोधन गर्न थालिएको छ ।

सहकारीले केही दिनदेखि धानको बिऊ प्रशोधन गरि रहेको छ । किसानहरुलाई यस सिजनमा किसानहरुलाई धान खेतीका लागि बिऊ उपलब्ध गराउन धमाधम प्रशोधन कार्य गरिएको छ ।

morning glory

सहकारीका अध्यक्ष जयराज जोशीले किसानहरुलाई धान खेतीका लागि बिऊ उपलब्ध गराउने लक्ष्य राखेर बिऊ उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालन गरिएको बताए ।

‘यस सिजनमा किसुानलाई धानको बिऊ उपलब्ध गराउने लक्ष्य राखेर केन्द्र सञ्चालन गरी धानको बिऊ प्रशोधन गर्ने कार्य गरि रहेका छौ, किसानले धान खेतीका लागि बेर्ना राख्ने बेलासम्म बिऊ उपलब्ध गराउँछौ’ अध्यक्ष जोशीले भने,‘त्यस अनुसार अहिले बिऊ प्रशोधनको कार्य भई रहेको छ ।’

सहकारीले यस वर्ष किसानलाई बहुगुणी, सर्जु र राधा ४ धानको बिऊ उपलब्ध गराउने भएको छ । प्रशोधन केन्द्रबाट सिजन अनुसार धान र गहुँको बिऊ प्रशोधन गरी किसानलाई उपलब्ध गराइनेछ ।

सहकारीले प्रचलित बजार मूल्य भन्दा सस्तोमा किसानलाई धानको बिऊ उपलब्ध गराउन लागेको छ । बजारमा ७० रुपैँया किलोसम्म पर्ने धानको बिऊ सहकारीबाट किसानले ५५ देखि ६० रुपैँयामा किन्न पाउने भएका छन् । सहकारीका सदस्य बाहेक अन्य बाहिरका किसानले पनि सहकारीको बिऊ खरिद गर्न सक्ने छन् ।

सहकारीका अध्यक्ष जोशीले यस वर्ष एक सय क्विन्टनसम्म धानको बिऊ प्रशोधन गरी किसानलाई उपलब्ध गराइने जानकारी दिए । ‘किसानको माग अनुसार आगामी वर्षदेखि यसलाई बढाउँदै लैजान्छौ’ उनले भने ।

साना किसान सहकारी संस्थाको लक्ष्य किसाहरुनको कमजोर आर्थिक अवस्था उकास्न, कृषि र कृषिजन्य कार्यमा सहयोग गर्न लगायतका भएकाले त्यसै अनुसार प्रशोधन केन्द्र सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए ।

‘कृषि सहकारीको मुख्य क्षेत्र भनेकै कृषि, पशुपालन, दुग्ध वस्तु उत्पादन गर्ने हुन्छन्, कृषिबाट किसानलाई बलियो बनाउन सकिने लक्ष्य उद्देश्य राखेर साना किसान सहकारी सञ्चालनमा छन्’ उनले भने,‘यसले किसानलाई कृषि कार्यमा सहज हुन्छ भन्ने आश राखिएको छ, यसबाट किसानलाई फाइदा हुन्छ ।’

Mahendranagar

सहकारीले प्रशोधनका लागि किसानहरुबाट मूल बिऊ खरिद गरि रहेको छ । सहकारीले मूल बिऊ खरिदका लागि बजार मूल्य भन्दा ५ रुपैँया बढी दिने गरेको छ । किसानहरुलाई मूल बिऊ उत्पादनका लागि बिऊ प्रदान गर्दै आएको छ । सहकारी आफैंले पनि जमिन भाडामा लिएर मूल बिऊ उत्पादन गरि रहेको छ ।

‘सहकारीका सदस्यहरुलाई मूल बिऊ उत्पादनका लागि बिऊ सहयोग गर्छौ, सदस्यहरुले उत्पादन गरेको मूल बिऊ किनेर प्रशोधन गर्छौ’ साना किसान सहकारीका अध्यक्ष जोशीले भने ।

सहकारीका निवर्तमान अध्यक्ष धर्म सिह कुँबरको कार्यकालमा बिउ प्रशोधन केन्द्र सञ्चालनको प्रक्रिया अघि बढेको अध्यक्ष जोशीले बताए ।

सहकारीका उपाध्यक्ष शेर बहादुर रानाले सहकारीले मूल बिऊ उत्पादनका लागि साढे सात बिगाहा जग्गा भाडामा लिएर खेतीपाती गरेको बताए ।

उपाध्यक्ष राना आफैं बिऊ प्रशोधन केन्द्रका मेसिन अपरेटर छन् । यस अघि गहुँ खेतीको सिजनमा बिऊ प्रशोधन गर्ने तयारी गरिएको थियो । मेसिन चलाउने प्राविधिक नपाएपछि रोकिएको थियो ।

उपाध्यक्ष राना लामो समयदेखि सामादैजीमा कुटानी पिसानी मिल सञ्चालन गर्दै आएका छन् । रानाको मिल सञ्चालनको अनुभवले उनलाई प्रशोधन अपरेटरको जिम्मेवारी दिइएको छ ।

‘म २०४६ दृेखि मिल सञ्चालन गर्र्दै आएको छु, मलाई त्यो अनुभव यसमा काम लाग्यो, प्राविधिक नपाएर गहुँको बिऊ प्रशोधन गर्न सकेनौ, धानको बिऊ प्रशोधन पनि नहुने अवस्था थियो, मेरो मिल सञ्चालनको अनुभवले धानको बिऊ प्रशोधन गर्ने अवस्था आयो’ उनले भने ।

साना किसानमा २६ हजार २७ सदस्य छन् । सामादैजीमा कार्यालय भएको सहकारी २०५३ सालमा सञ्चालनमा आएको हो । तत्कालिन नेकपा माओवादीको शसस्त्र द्वन्द्वको चपेटामा परेको सहकारी शान्ति वार्तापछि निरन्तर रुपमा सञ्चालन हुँदै आएको हो ।

सहकारीका मुख्य प्रबन्धक कर्ण बहादुर धामीले सहकारीले हालसम्म भीमदत्त नगरपालिकामा दुई शाखा अनुशरण गरेको र बेलौरीमा आफ्नो शाखा सञ्चालनमा रहेको जानकारी दिए ।

अनुशरण गरिएका शाखा भीमदत्त नगरपालिका ६ र ९ मा छन् । सहकारीलाई बिऊ प्रशोधन केन्द्र सञ्चालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले सहयोग गरेको छ । केन्द्र सञ्चालनका लागि ३५ लाख खर्च भएको सहकारीका मुख्य प्रबन्धक धामीले बताए ।

सहकारीले यस अघि दुग्ध प्रशोधन केन्द्र सञ्चालन गरेको थियो । सुरुमा सुडास्थित साना किसान सहकारी संस्थासित साझेदारीमा सञ्चालन गरिएको दुग्ध प्रशोधन केन्द्र हाल सहकारी आफैंले एकल रुपमा सञ्चालन गरेको छ । केन्द्रमा दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दुध संकलन हुने गरेको छ । केन्द्रले दुध सहित विभिन्न दुग्धजन्य पदार्थ दही, मोहनी, पनिर, खोया उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ ।

saark school
सम्बन्धित
Loading...