ghar sansar

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुुरका प्रमुख कलौनी सिराहा र शाखा अधिकृत तिरुवा सर्लाही सरुवा

महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुुरका प्रमुख दिपकराज कलौनी र शाखा अधिकृत रुपराम तिरुवाको सरुवा गरेको छ ।

मन्त्रालयले सचिव स्तरीय निर्णयबाट बैशाख १८ गते इकाई प्रमुख कलौनी र शाखा अधिकृत तिरुवाको एक साथ सरुवा गरेको हो । उनीहरुमध्ये इकाई प्रमुख कलौनीलाई सप्तरी र तिरुवालाई सिराहा सरुवा गरिएको छ ।

उप सचिव स्तरका कलौनीको दुई वर्षपछि सरुवा गरिएको हो । चार वर्षदेखि कार्यरत शाखा अधिकृत तिरुवा विद्यालय प्रशासनका प्रमुख छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनमा उनीहरुको सरुवा गरिएको हो ।

मन्त्री श्रेष्ठ बैशाख ९ गते सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर आएकी थिइन् ।

मन्त्री श्रेष्ठसित इकाईमा शिक्षक सरुवामा आर्थिक चलखेल हुने गरेको गुनासो गरिएको थियो । त्यहीं गुनासोको आधारमा मन्त्री श्रेष्ठले कलौनी र तिरुवालाई एक साथ सरुवा गरेकी हुन् ।

घुस खाएर शिक्षक सरुवा गरेको निवेदन प्रशासन कार्यालयमा पुगेको स्रोतको दावी छ । प्रमुख जिल्ला अधिकारी शिक्षा समितिको पदेन सदस्य हुन्छन् ।

मन्त्री श्रेष्ठले प्रशासन कार्यालयमा इकाई प्रमुख कलौनी सहित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित छलफल गरेकी थिइन् ।

मधेस प्रदेश सरुवालाई कर्मचारी वृत्तमा कारवाहीको रुपमा हेर्ने गरिएको छ । मन्त्री श्रेष्ठले उनीहरु दुबैलाई कारवाही सरुवा मधेश प्रदेश सरुवा गरेकी छन् ।

सरुवा गरिएका दुबै जनालाई मन्त्री स्तरीय निर्णय सहित खटाइएको ठाउँमा कामकाज गर्ने व्यहोराको पत्र पठाइएको हो । सरुवा गरिएका दुबै स्थानमा कसलाई पठाउने भन्ने पत्रमा उल्लेख गरिएको छैन ।

Himal dental
सम्बन्धित
Loading...