

महेन्द्रनगर । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले दोधारा चाँदनी नगरपालिकामा बीमा सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ ।
दोधारा चाँदनी नगरपालिका हेल्थपोष्ट बजारस्थित भानु बहुमुखी क्याम्पसको सभा कक्षमा शनिबार गरिएको कार्यक्रममा जनप्रतिनिधि सहित स्थानीय सहभागी भएका छन् ।



कार्यक्रममा बीमाको आवश्कता, बीमा भुक्तानीको तरिका , चुनौति र समाधान सम्बन्धि नेशनल लाइफ महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्टले जानकारी दिए ।
यसैगरी कम्पनीका महेन्द्रनगर शाखा मार्केटिङ अफिसर कृष्ण सिह ठगुन्नाले स्वागत सहभागीहरुलाई स्वागत गरे ।

कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधि सहित स्थानीय स्थानीय सहभागी भएको कार्यक्रमको सञ्चालन कम्पनीका मुख्य व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले गरे ।
कार्यक्रमछि सहभागीहरुले जीवन बीमाका बारेमा रहेको अन्यौल हटेको र जीवन बीमाको आवश्यकता र महत्व सम्बन्धि जानकारी पाएका प्रतिक्रिया दिएका छन् ।

