सुति रहेको अवस्थामा विद्युत तार सर्ट भएर बैतडी मेलौलीका नायकको मलेसियामा मृत्यु

महेन्द्रनगर । वैदेशिक रोजगारका लागि मलेसिया गएका बैतडीको मेलौलीका एक युवकको मृत्यु भएको छ। मेलौली नगरपालिका १ का ३२ वर्षीय दिपक सिंह सिंह नायकको आइतबार मृत्यु भएको हो ।

कोठामा सुतिरहेको अवस्थामा विद्युतको तार सर्ट भई मृत्यु भएको जानकारी आएको उनका आफन्त नरेश सिंह नेगीले बताए । मृतक नायक विगत नौ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए ।

नायकको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त नरेश सिंह नेगीले बताए ।

सम्बन्धित
Loading...