ghar sansar

मझगाउँ विमानस्थलमा सैनिक अवरोध विरुद्ध चल्यो डोजर(तस्बिरहरु)

Amity

महेन्द्रनगर । मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य अघि बढाउन नागरिक स्तरबाट डोजर लगाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले एक वर्षदेखि निर्माण कार्य अवरुद्ध गरेपछि रोकिएको कामलाई अघि बढाउन मझगाउँ विमानस्थल सञ्चालन समितिले सोमबार दिउँसोदेखि डोजर लगाएको हो ।

समितिले आइतबार विमानस्थलमा कार्यक्रम गरी डोजर लगाउने निर्णय गरेको थियो । त्यहीं निर्णय अनुसार ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनको डोजरलाई निर्माण अवरुद्ध क्षे त्रमा लगेर कार्य गरिएको छ ।

lotus institite

डोजरले अहिले जमिन खनेर सम्याउने कार्य गरि रहेको छ । समितिका सचिव राजेन्द्र चन्दका अनुसार अहिले निकुञ्जले अवरोध गरेको रतन वाटिका क्षेत्रमा डोजर चलेको छ ।

नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी दिउँसादखि विमानस्थलमा परिचालन गरिएका छन् । सेना आफ्नै क्षेत्रमा तैनाथ अवस्थामा राखिएको छ । सशस्त्र र जनपद प्रहरी डोजर चलाइएको क्षेत्रमा छन् । 

सेनाले रतन वाटिका आशपासको यस क्षेत्रमा यस अघि निर्माण कार्य अवरुद्ध गरेको थियो । यो क्षेत्रमा साविक धावनमार्ग भन्दा चार सय मिटर दक्षिण पर्छ । हालसम्म एक हजार पाँच सय २५ मिटर लम्बाईको धावन मार्ग विस्तार गरी विमानस्थल सञ्चालन गर्न लागिएको हो ।

त्यसका लागि रतन वाटिका र सेनाको खेल मैदानसम्म विस्तार गर्नु पर्नेछ । सेना र निकुञ्ज दुबैले आफ्नो क्षेत्र भएको भन्दै बनाउन नदिने अडान लिँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...