ghar sansar

मझगाउँ विमानस्थलमा डोजर लगाउन उर्लियो जनसागर

महेन्द्रनगर । मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य अघि बढाउन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सहित जिल्ला भरका वासिन्दा मझगाउँ पुगेका छन् ।

मझगाउँ विमानस्थल सञ्चालन समितिले निर्माण अवद्धरु क्षेत्रमा डोजर लगाउने घोषणा गरेपछि सोमबार दिउँसोदेखि डोजर लगाइएको छ । समितिले डोजर लगाएर निर्माण कार्य सुरु गराउनका लागि सबैमा सहयोगको आग्रह गरेको थियो ।

मझगाउँ विमानस्थल सञ्चालक समितिका सचिव राजेन्द्र चन्दले जिल्ला भरका चार सय बढी जना सहभागी भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले रतन वाटिका र खेल मैदान निकुञ्जको क्षेत्रमा पर्ने भन्दै गत वर्षदेखि ठेकेदार कम्पनीलाई काम गर्न अवरोध गरेको थियो । समितिले आइतबार रतन वाटिका क्षेत्रमा कार्यक्रम गरी सोमबार डोजर लगाउने घोषणा गरेको थियो ।

समितिले पहलमा ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले दिउँसादेखि डोजर र ग्रेडर लगाएर निर्माण कार्य सुरु गरेको छ ।

सचिव चन्दले अहिलेसम्म कुनै पक्षबाट पनि अवरोध नआएको बताए । ‘कसैले पनि केही भनेको छैन’ उनले भने ।
अहिले डोजर लगाएको क्षेत्रमा यस अघि सेना र निकुञ्जले निर्माण कार्य अवरोध गरी रोकेको थियो ।

सेना र निकुञ्जको अवरोधपछि निर्माण कार्य बन्द भएपछि त्यस क्षेत्रमा घाँस उम्रिएको थियो । अहिले डोजर र ग्रेडरले त्यस क्षेत्रमा घाँस उखेल्ने, माटो सम्याउने लगायत कार्य गरि रहेको छ ।

अहिले डोजर लगाएको क्षेत्र साविक धावनमार्ग भन्दा चार सय मिटर दक्षिण पर्छ । हालसम्म एक हजार पाँच सय २५ मिटर लम्बाईको धावन मार्ग विस्तार गरी विमानस्थल सञ्चालन गर्न लागिएको हो ।

त्यसका लागि रतन वाटिका र सेनाको खेल मैदानसम्म विस्तार गर्नु पर्नेछ । सेना र निकुञ्ज दुबैले आफ्नो क्षेत्र भएको भन्दै बनाउन नदिने अडान लिँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...