ghar sansar

खोला नालामा चरम दोहन, राजश्वमा ब्रह्मुट

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आडमा खोलानालामा नदीजज्य पदार्थ दोहन गर्ने गिरोह सक्रिय भएको छ । महाकाली नदी सहित नगरपालिकाका सबै खोला नालमा अवैध उत्खनन गर्ने गिरोह सक्रिय भएको छ । महाकाली नदीमा माफिया राज चलेको व्यवसायीहरु बताउँछन् ।

भीमदत्त नगरपालिक र वडा कार्यालयको मिलेमतोमा अवैध उत्खनन हुने गरेको छ । नगरपालिकाले वडा कार्यालयलाई रोयल्टी संकलनको अधिकार दिएर अवैध धन्दा चलाएको हो । वडा कार्यालयको सिफारिश खटाइएका कर्मचारीलाई रोयल्टी संकलन गर्न खटाइएको छ । उनीहरुमध्ये केही वडा अध्यक्ष सहित जनप्रतिनिधिका आफन्त छन् । ठेक्का लगाउन नसकेर अमानतमा रोयल्टी संकलन गरिएका खोला नालामा ब्रह्मलुट मच्चिएको सरोकारवाला बताउँछन् ।

‘यो मनपरी भयो, दादागिरी भयो, एक जनाले मात्रै खोला नालामा मेसिन जाने, अरुका जान नदिने, यसमा तपाईको हातबाट के हुन सक्छ हाकिम साप’ कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले भने,‘वडालाई अधिकार दिएर उनीहरुकै जेसिभी मात्रै खोलामा जान पाउने, वडा नं. १ र ३ मा दादागिरी भयो, अरुलाई उठाउन नदिने ?’

भीमदत्त नगरपालिका वडा नं. १ को रौटेला र ३ को खन्ने खोलाबाट स्थानीयले नदीजन्य सामाग्री उत्खनन गर्न नदिएपछि सोमबार विहान निर्माण व्यवसायीहरुले प्रमख प्रशासकीय अधिकृत बमलाई कार्यकक्षमा भेटेर गुनासो राखेका छन् ।

उनीहरुले भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा खोलाबाट निश्चित व्यक्ति बाहेक अन्यलाई प्रवेश निषेध गरिएको बताए । ‘यो सब मिलेमतोमा भई रहेको छ, आधा खल्तीमा हाल्ने हिसाबले यो सब भई रहेको छ’ अध्यक्ष भट्टले भने ।

निर्माण व्यवसायीलाई खोलामा पस्न नदिएपछि ठेक्का सम्झौता अनुसार कामकाज गर्न नसकिने अध्यक्ष भट्टले उल्लेख गर्दै भने,‘नगरपालिकाले त्यहाँ सहज बनाउन सकेन भने हामी काम गर्न सक्दैनौ, ठेक्का खारेज गर्छौ, इस्टमेट त्यहीं खोलाबाट मेट्रियल ल्याउने गरी भएको छ, त्यहाँ गाडी घोडा जान नदिएपछि कहाँबाट ल्याउने त ?’

संघका अध्यक्ष भट्टले व्यवसायीलाई खोलाबाट गाडी जान नदिए पनि काम नभए सबै दोष खेप्नु पर्ने अवस्था भएको बताए । ‘अहिले यस्तो छ, भोलि काम भएन भनेर भन्नु हुन्छ, बैंक ग्यारेन्टी तानिन्छ, मिडियाले पनि काम भएन भनेर भन्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बमलाई उनीहरुले व्यवसायीलाई खोला नालामा जान नदिने बाराकुण्डाका हिक्मत बहादुर विष्ट सहितलाई थुनेर कारवाही गर्नु पर्ने माग गरे । विष्टलाई भीमदत्तका मेयर उप मेयरले संरक्षण गरेको स्थानीय बताउँछन् । विष्ट मेयर बोगटीको पार्टी काँग्रेसका कार्यकर्ता हुन् ।

स्थानीय विष्ट सहितले आफ्ना बाहेक अन्य सवारी साधनलाई खोलानालामा जान नदिने गरेको उनीहरुले बताए । भीमदत्त नगरका मेयर पदम बोगटीको संरक्षणमा विष्ट सहितले अवरोध गरि रहेको उनीहरुको भनाई थियो ।

बाराकुण्डास्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष विष्ट सहितले सामुदायिक वनको क्षेत्रबाट उत्खनन गर्न नदिने भन्दै पस्न नदिने गरेको उनीहरुले बताए । विष्ट आफैंले भने आफ्नो जेसिबी लगाएर खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी संकलन गरेका छन् ।

भीमदत्त नगरपालिकाका रोयल्टी काट्ने कर्मचारीको मिलेमतामा विष्टले उत्खनन गरी अवैध संकलन गरेको उनीहरुको भनाई छ । विष्टको निर्देशनमा नगरपालिकाका कर्मचारीले रोयल्टी काट्दै आएको उनीहरु बताउँन् ।

विष्टका सहयोगी सहितलाई भीमदत्तले रोयल्टी काट्ने जिम्मा दिएको छ । ती सहयोगी कर्मचारी विष्टसित सल्लाह गरेर मात्रै अरुका गाडी खोलामा जान दिने गरेको उनीहरु बताउँछन् ।

निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले प्रमुख प्रशासकीय अधिकृत बमलाई आफूले स्वागतका दिन भीमदत्तको गन्जागोल अवस्थाबारे जानकारी दिएको उल्लेख गर्दै त्यसलाई सुधार गर्न पर्ने आवश्यकता भएको बताए ।

‘मैले तपाईको स्वागतका दिन पनि गञ्जागोल छ भनेर भनेको थिए, अहिले पनि भन्दैछु, यस अघिका मेयर सापको पालमा यसो भयो त्यसो भयो भन्थे,’ उनले भने,‘तर पनि एउटा वडामा पनि यस्तो विवाद आएन, अहिले हेर्न त विवाद नभएको कुनै ठाउँ नै छैन ।’

निर्माण व्यवसायीले ठेक्काका लागि भाडामा लिएका गाडीलाई खोला नालामा हाल्न नपाएर भाडा तिर्न पर्ने अवस्था आएको अध्यक्ष भट्टले बताए ।

dirghayi clinic

ंनिर्माण व्यवसायी संघका सल्लाहकार गजेन्द्र बिक्रम थापाले नदीजन्य पदार्थ उत्खनन, बिक्री र वितरणमा माफिया राज चलेको बताए । रौटेला, खन्ने खोला हुँदै महाकाली नदीसम्म माफिया राज चलेको उनको भनाई थियो ।

‘सम्झौता एकातिर छ, त्यस भन्दा धेरै स्टक गरि सकेको छ, सम्झौता अनुसार संकलन गरिएको छ छैन भनेर कसले हेरि दिने, महाकाली नदीमा मेसिन लगाएर खनिएको छ, त्यो पाइदैन, त्यहाँ खाल्डा परेका छन्, त्यसलाई पनि हेर्ने कि नहेर्ने’ उनले भने ।

थापाले अहिले खोलानालाई अर्को वर्ष ठेक्का लगाउन नदिने नियत राखेर अवैध संकलन गरी स्टक गरिएको बताए । ‘अवैध स्टको उद्देश्य भनेको अर्को वर्ष ठेक्का लगाउन नदिएर आफ्नो स्टक किन्ने नै हो’ उनले भने,‘त्यही भएर अहिले ज्यादा माल थुपार्ने काम भएको छ ।’

अवैध उत्खननबाट राजश्व चुहावट भएर सरकारलाई हानी नोक्सानी पुगेको उनले बताए । ‘एकातिर रोयल्टी आउँदैन, अर्कोतिर यसले भ्याट छलि हुन्छ’ उनले भने ।

निर्माण व्यवसायी संघका सदस्य दिनेश भट्टले नगरपालिकाबाट ग्राभेल ठेक्का लिएपछि काम गर्न नसक्ने अवस्था आएको बताए ।

‘६ नम्बर वडामा ग्राभेलका लागि ठेक्का लिएको छु, त्यसमा रौटेला, घुर्सुवा, खन्ने खोलाको ग्राभेल हाल्ने भनिएको छ, महाकालीको ढुुङ्गा ठूलो छ भनेर राखिएन’ उनले भने,‘खोलानालमा गाडी जान दिँदैन, दिए पनि एक दुई पटक मात्रै जान दिन्छन्, काम गर्न सक्ने अवस्था छैन ।’

भीमदत्त नगरपालिकाका प्राविधिकले ग्राभेल उत्खननका लागि रेखाङ्कन गरिएको सामुदायिक वन क्षेत्रबाट पनि संकलन गर्न नदिइएको उनले बताए ।

‘वनको क्षेत्र भन्दै जान दिँदैन, बरु त्यस तल थुपारेको ठाउँबाट लग्न भन्छन्’ उनले भने,‘दिनमा ८÷१० पटक खोलामा जानु पर्ने गाडी कहिलेकाँही दुई तीन पटक मात्रै जान पाएका छन्, खोलामा जान गएर केही मान्छे आएर रोकि हाल्छन् ।’
व्यवसायी बोहराले रौटेलामा एक जनाका कारण अन्यले दुःख पाउन राम्रो नभएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बमलाई भेटेपछि उनीहरुले उप मेयर निलम लेखक जोशीलाई भेटे । संघका अध्यक्ष भट्टले उप मेयर जोशीसित राजनीतिक संरक्षणमा रौटेला खोलामा मनपरी चलेको गुनासो राखे ।

भीमद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमले कार्यालयमा निवेदन आए कारवाही प्रक्रिया अघि बढाउने बताए । ‘तपाईहरु निवेदन दिनु होस, आजै समन्वय समिति र प्रहरीमा पठाउँछौ’ उनले भने ।

रौटेला खोलामा अन्य गाडी जान नपाएकाले राजश्व संंकलन हुने अवस्था नभएको प्रमुख प्रशासकीय अधिकृत बमले बताए । ‘त्यो खोलामा गाडी घोडा गए पो रोयल्टी काट्ने हो, गाडी घोडा नै जान दिन्न, अनि कसरी काट्ने’ उनले भने ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता दिपेन्द्र सिह ऐरीले रोयल्टी संकलनमा बेइमानी भएको बताए । उनले नगरपालिकाले अवैध कामको अनुगमन गर्न चासो नदिएको आरोप लगाए ।

भीमदत्तले चालु आर्थिक वर्षमा महाकाली बाहेक अन्य सबै खोलाबाट अमानमा राजश्व संकलन गरि रहेको हो । वडा कार्यालयको सिफारिश राखिएका कर्मचारी रोयल्टी संकलनमा खटिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बमले ९ नम्बर वडाबाट राम्रो, ७ मा कम र १ र ३ मा त्यसमध्ये अझै कम राजश्व संकलन भएको जानकारी दिए ।

उनले रोयल्टी विना नदीजन्य पदार्थ ओसारपासर हुन दिने कर्मचारीलाई कारवाही गरिने बताए । रौटेलामा अवरोध गर्ने वन समूहका व्यक्तिलाई नगरपालिकाले कारवाही गर्न नसक्ने उनको भनाई छ ।

‘रोयल्टी उठाउनु सकेन भने म कर्मचारीलाई कारवाही गर्छु, अब त्यहाँ वन होला, अरु होलान, त्यसका लागि सम्बन्धित निकायमा भन्नु पर्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बमले आफू रत्तिभर पनि नडराएको उल्लेख गर्दैै अवैध उत्खनन नियन्त्रणका लागि जिल्ला समन्वय समितिसिछ छलफल गरी हल खोज्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...