
महाकाली नदीको रोयल्टी छुटका तीन ओटै मुद्दाको फैसला, भीमदत्तका निवर्तमान मेयर विष्ट सहित सबैले पाए सफाई
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको रोयल्टी हिनामिनामा विशेष अदालतमा दायर मुद्दामा भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट सहित सबै सबैले सफाई पाएका छन् ।
विशेष अदालतमा मंगलबार रोयल्टी हिनामिना सम्बन्धि दायर तीन ओटै मुद्दामा विष्ट सहित सबै प्रतिवादीलाई सफाई गरेको हो ।
विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको इजलासले मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो । विशेष अदालतमा आइतबारदेखि तीन ओटै मुद्दामा सुनवाई भएको थियो ।
अख्तियारले महाकाली नदीको नदीको नदीजन्य पदार्थ संकलनमा रोयल्टी छुट दिएर भ्रष्टाचार गरेको भन्दै निवर्तमान मेयर विष्ट सहित नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधि विरुद्ध अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
ती मुद्दामा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ जनालाई प्रतिवादी बनाइएको थियो ।
भीमदत्त नगरपालिकाले कार्यकालिका निर्णय गरी कोरोना महामारीका बेला रोयल्टी छुट दिएको थियो ।
