महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलख जोशी र सामुदायिक वनका पदाधिकारीबीच सार्वजनिक कार्यक्रममा चर्काचर्की भएको छ ।
चुरे संरक्षण सञ्जालले मंगबार भीमदत्त नगरपालिका १० तिल्केनीमा आयोजना गरेको सामुदायिक वनका पदाधिकारीलाई अख्तियार दुरुपयोग हुन नदिन सचेतना र सुशासन प्रवद्र्धन अभिमुखीकरण कार्यक्रममा सामुदायिक वन क्षेत्रबाट रोयल्टी संकलनको विषयलाई चर्काचर्की परेको हो ।
कार्यक्रमका प्रमुख अतिथि उप मेयर लेखकले भीमदत्त नगरपालिका १ र ३ मा रोयल्टी संकलनमा देखिएको समस्या उल्लेख गर्र्दै सामुदायिक वन क्षेत्रबाट कुनै पनि हालतमा रोयल्टी संकलन गर्ने बताएपछि कार्यक्रममा सहभागी वनका पदाधिकारीले तत्काल प्रतिवाद गरेका हुन् ।
उनीहरुले उप मेयर जोशीलाई कुनै पनि हालतमा वन क्षेत्र समूहको सहमति विना नदीजन्य वस्तु संकलन, वितरण र ओसारपसार गर्न नदिने चेतावनी दिए ।
सामुदायिक वनहरुले उप मेयर जोशीलाई वन क्षेत्रबाट रोयल्टी संकलनका लागि आम्दानीलाई वन संरक्षण, प्रभावित क्षेृत्रको विकाुस निर्माण लगायतमा खर्च गर्ने लगायतका शर्त राखे । उनीहरुले नगरपालिकाले जबरजस्ती गरे प्रतिवाद गर्ने बताए ।
भीमदत्त नगरपालिका १ र ३ मा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा नदीजन्य वस्तुको अवैध उत्खनन गरी बिक्री वितरण भएको छ । भीमदत्त नगरपालिकाले वडा कार्यालयलाई रोयल्टी संकलनको ठेक्का दिएर आफैंले राजश्व चुहावट गराएको हो ।
कार्यक्रममा भीमदत्त नगरपालिका ९, ७, ३ र १ का वनका पदाधिकारीले उप मेयर जोशीको वन क्षेत्रबाट रोयल्टी संकलन गर्ने कुरामा असन्तुष्टि राखेका हुन् ।
भीमदत्त नगरपालिका ३ को सहिद स्मृति सामुदायिक वनले रोयल्टी आम्दानीको आधा वनलाई समेत दिनु पर्ने माग राखेपछि वडा अध्यक्षले बोलचाल बन्द गरेका छन् ।
वडा नं. ३ का वासिन्दाले रोयल्टी रकबाट खेल मैदान, प्रभावित क्षेत्रका वासिन्दाको जीविको पार्जन हुने लगायतका कार्यक्रम गर्न माग गर्दै आएका छन् ।