ghar sansar

हाम्रो भोजनालयमा सय रुपैँयाको खाना खाएर संगिताले पाइन् अढाई लाखको स्कुटी

महेन्द्रनगर । के तपाई कुनै होटेलमा एक सय रुपैँयाको खाना खाएर अढाई लाखको स्कुटी पाएको विश्वास गर्नु हुन्छ ? अविश्वास गर्न हुन्छ भने पनि तपाईलाई विश्वास गर्न कर लाग्छ । किनकी एक सय रुपैँयामा खाना खुवाउने महेन्द्रनगर बजारको हाम्रो भोजनालयले बुधबार आफ्ना ग्राहकलाई स्कुटी दिएको हो ।

भोजनालयले बुधबार माघी विशेष अफर योजना अन्र्तगत बुधबार लक्की ड्र गरी बिजेता छनौट गरी ग्राहकलाई स्कुटी दिएको छ । लक्की ड्रबाट भीमदत्त नगरपालिका १४ बनकट्टीकी संगिता कुँबरले स्कुटी उपहार पाएकी हुन् । उनलाई बुधबार स्कुटी हस्तान्तरण गरिएको छ ।

lotus institite

भोजनालयका सञ्चालक चक्र प्रसाद मिश्रले उपहार विजेता कुँबरले एक दिन होटलमा खाना खाएको बताए । ‘वहाँले एक दिन मात्रै खाना खानु भएको थियो, उपहार जित्नु भो’ उनले भने ।

उनका अनुसार उपहार विजेता कुँबर र उनकी साथी ज्योति जोशीले एकै दिन खाना खाएर एकै मोबाइल नम्बर टिपाएकी थिइन् । मोबाइल नम्बर कुँबर भएपछि उनलाई स्कुटी उपहकारा लागि छनौट गरिएको छ । उनीहरु दुबै सुदूरपश्चिम विश्वविद्यालयका अध्ययनरत छन् ।

daimond public

स्कुटी उपहारका लागि ३६ हजार ग्राहकले खाना खाएर नाम दर्ता गराएका थिए । उनीहरुमध्ये बुधबार विहान गोला प्रथा गरी विजेता छनौट गरिएका हुन् ।

महेन्द्रनगर बजारको गल्ली नं. ४ मा ८ वर्षदेखि भोजनालयले एक रुपैँयामा खाना खुवाउँदै आएको छ ।

चार महिना अर्थात १ सय २० दिन सम्म सञ्चालन गरिएको योजना बैशाख ३१ गतेसम्म नाम दर्ता गरिएको थियो । ‘हामीले पहिले पनि ग्राहकहरुका लागि धेरै पटक उपहार स्किमहरु ल्याएका छौं । पछि कसैले थाहाँ नै पाएनौं, हामी पनि आउथ्यौं लगायतका कुराहरु राख्न नपरोस भनेर १२० दिन सम्मका लागि यो स्कुटी उपहार स्किम लम्ब्याएका हौं ।’

हाम्रो भोजनालयमा खाना खाने ग्राहकहरुको माघ १ गतेदेखि नाम र फोन नम्बर राखिने र पछि त्यहि ‘सिरियल नम्बर’ का आधारमा निष्पक्ष रुपमा गोलाप्रथाबाट विजेता घोषित गरिएको सञ्चालक मिश्रले बताए ।

यस अघि भोजनालयले सुनका सिक्का, चाँदीको सिक्का, ल्यापटप, मोबाइल उपहार लगायतका स्किम ल्याएको थियो ।

Himal dental
सम्बन्धित
Loading...