
महेन्द्रनगर । कृष्णपुर नगरपालिकास्थित कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको तीन दिने नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्घोषण तालिम सकिएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सञ्चालित तालिममा क्याम्पसका डेढ सय विद्यार्थी सहभागी भएका छन् । नारायण अवस्थी र महेश बडूले तालिम सहजीकरण गरे ।

क्याम्पस प्रमुख राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेशराज धिक्तको प्रमुख आतिथ्यमा कार्यक्रम गरी तालिम समापन गरिएको छ ।ि
