ghar sansar

बैजनाथ माविले क्रिकेट खेल मैदान बनाउँदै, क्यान चन्दले गरे प्रस्तावित मैदान निरीक्षण

dirghayu ad

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयले क्रिकेट मैदान बनाउने भएको छ । विद्यालय हाताभित्र क्रिकेट मैदान बनाउन लागिएको छ । विद्यालयले प्रस्तावित खेल मैदान बुधबार नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले स्थलगत निरीक्षण गरे । उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, शिक्षक कर्मचारी सहित निरीक्षण गरेका छन् ।

ratnam malkhad

क्यान अध्यक्ष चन्दसंगै भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, क्रिकेट संघका केन्द्रीय सदस्य विरेन्द्र बहादुर चन्द लगायतका सहभागी भएका छन् ।

खेल मैदान निरीक्षण अघि औपचारिक कार्यक्रममा क्यान अध्यक्ष चन्दले क्रिकेट मैदान बनाउन विद्यालयले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै आफूले सक्दो सहयोगका लागि पहल गर्ने बताए । कार्यक्रममा उप मेयर जोशी, वडा अध्यक्ष भट्ट सहितले आफ्नो धारणा राखे ।

बैजनाथ माविका लेखा अधिकृत लक्ष्मण भट्टले अनुगमनपछि क्यान अध्यक्ष चन्दले क्रिकेट खेल मैदान बनाउन वहल गर्ने आश्वासन दिएको बताए ।

बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले विद्यालयको शैक्षिकदेखि भौतिक बृद्धि विकासका तथा क्रिकेट मैदानका लागि आवश्यक चाहिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा चन्द प्रमुख अतिथि थिए ।

कार्यक्रममा उप मेयर जोशी सहित वडा अध्यक्ष भट्ट, बिरेन्द्र बहादुर चन्द, क्रिकेट संघका सुदूरपश्चिम प्रदेश दिनेश सिंह, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका सहभागी भए ।

विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्र राज जोशीले स्वागत मन्तव्य राखे ।

 

Himal dental
सम्बन्धित
Loading...