ghar sansar

निर्माण व्यवसायीका समस्यामा एमाले मौन बस्नु दुःखद : अध्यक्ष भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले सत्तारुढ एमाले निर्माण व्यवसायीका समस्यमा मौन बसेको आरोप लगाएका छन् । उनले सत्तारुढ दल आफूहरुका समस्याबारे मौन बस्नु दुःखद भएको गुनासो गरे ।

नेकपा (एमाले) कञ्चनपुरले ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बिहीबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा गरिएको कार्यक्रममा उनले सरकारले भुक्तानी नदिएर निर्माण व्यवसायी धराशायी हुन लागेको बताए ।

,orning glory badhai
dirghayi clinic

‘निर्माण व्यवसायी धराशाशी हुने अवस्थामा छौ, सरकारले काम गरेको भुक्तानी दिएको छैन, काम गरेपछि भुक्तानी नपाएपछि हाम्रो हालत के हुन्छ, राजनीतिक दल, नेतृत्वले यसलाई गम्भीर रुपमा लिनु पथ्र्यो, एमाले सत्तामै छ, अहिलेसम्म हाम्रो पक्षमा कही कतै बोलेको सुनिएको छैन, यो निकै दुःखद कुरा हो ।’

निर्माण व्यवसायीले भुक्तानीका लागि राजनीतिक दललाई गुहार्दै आएपनि चासो नदेखाएको अध्यक्ष भट्टको भनाई थियो । ‘निर्माण व्यवसाय जस्तो क्षेत्रलाई दलहरुले यसरी उपेक्षा गरिनु निकै दुःखद छ, खेदपूर्ण छ’ उनले भने ।

एमाले उपाध्यक्ष राम बहादुर थापा बादल कार्यक्रमका प्रमुख वक्ता थिए । संघका अध्यक्ष भट्टले उपाध्यक्ष बादललाई व्यवसायीका समस्या समाधानका लागि सरकारसित पहल गरि दिनु आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष बादल सहित पोलिटब्युरो सदस्य कर्ण थापा, कञ्चनपुर इन्चार्ज नारदमुनि राना, केन्द्रिय सदस्य नर बहादुर धामी, कृपाराम राना, इन्दु कडरिया विष्ट, कमला बोहरा लगायतका नेता कार्यक्रममा सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...