
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको छ । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय ३ लाख रुपैँया जरिवाना र पीडितलाई २ लाख रुपँया क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठह¥याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी २० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा मात्र नभएर धेरै जसो मुद्दामा जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउने र उच्च अदालतले गरेको फैसला सर्वाेच्चले उल्टाउने गरेको पाइन्छ । तीनै तहका अदालतहरुले नेपालको उही सम्वीधान उही कानु र उनै नजीरहरुको आधारमा पलैसला गर्ने हो । तर एउटै मुद्दालाई हरेक तहले अलग अलग व्यख्या गरेर फरक फरक फैसला गर्ने गरेको पाइन्छ । जिल्ला अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउने व्यवस्था गरेको छ । उच्च अदालतले गरेको फैसलामा चित्त नबुझे सर्वोच्च जाने बाटो खोला नै छ । तर उनै प्रमाणको आधारमा जिल्लाले पनि मुद्दा किनारा गर्ने र अन्य अदालतहरुले पनि उनै प्रमाणको आधारमा फैसला गर्ने हु“दा कुनै कुनै मुद्दा उच्च र सर्वोच्चबाट किन उल्टिन छन् ।

जिल्लामा सफाइ पाएकालाई माथिल्लो अदालतले दोषी ठहर गर्ने र जिल्लाले दोषी ठहर गरेकालाई माथिल्लो अदालतले सफाइ दिने कुरोलाई सर्वसाधारणले ठम्याउन सकिराखेको अवस्था छैन । न्यायालय प्रति हिजो जुन विश्वास गरिन्थ्यो आज त्यो विश्वास छैन । न्यायालयहरु स्वतन्त्र हुन नसकेको र स्वतन्त्र रुपले न्याय सम्पादन हुन नसकेको आवाजहरु बेला बेलामा उठने गरेका छ । न्याय सम्पादन गर्ने न्यायमुर्तिहरुबाट समेत यस्ता अभिव्यक्ति आउने गरेका छन् । त्यतिमात्र नभएर न्याय परिषदको बनौट र न्यायधिश छनौको विषयमा पनि नाना थरिका टिका टिप्पणीहरु हुने गरेका छन् । न्यायालमा राजनीतिको प्रवेस भएको देखि लिएर आर्थिक चलखेलका कुराहरु समेत उठने गरेका छन् । यसरी तल्लो निकायले गरेको फैसला उल्टिनुलाई पनि कसैले सकारात्मक र कसैले नकारात्मक रुपमा लिने गरेका छन् ।
जनताले न्याय पाउने अन्तिम आसाको केन्द्र न्यायालय हो । न्यायालय भित्र पनि अन्य क्षेत्रकै जस्तो विकृति विसंगतिहरु भित्रिय भने जनताका लागि आसाका सबै ढोका बन्द हुन्छन् । न्यायालले गरेका फैसला वा आदेशमा मात्र नभएर न्यायालयमा चलिरहेको मुद्दामा समेत कसैले टिका टिप्पण्ी गर्दैनन् । यो न्यायालय प्रतिको विश्वासले नै हो । तर न्यायालयसंग सरोकार राख्ने निकायहरु र कानुन व्यवसायीहरुले समय समयमा न्यायालयलाई सुधार्नु पर्ने, न्यायालय भित्र विथिति भित्रियको जस्ता गुनासाहरु गर्ने गरेको पाइन्छ । यस्ता गुना गर्नेहरु न्यायालयसंग नजिक रहने सरोकारवाला भएकाले उनीहरुलाई न्यायालय भित्रको आन्तरिक कुरो बढी थाहा हुने गर्दछ । त्यसैले यसरी मुद्दा उल्टिने कुरामा कुनै विकृति विसंगतिहरुको हात हुदैन भन्ने आसंका बढेको पाइन्छ । तरक्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएकोमा सिंगो मुलुक वासीले खुसियाली मनाएका छन् ।
