ghar sansar

चार कक्षासम्म आफैंलाई पढाएका शिक्षकलाई अध्यक्ष भएर विदाई गर्न पाउँदा……….

महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयले अनिवार्य अवकाश भएका शिक्षक जानकी बोहरालाई विदाई गरेको छ । विद्यालयले ३४ वर्ष सेवा गरेकी बोहरालाई औपचारिक कार्यक्रम गरी सम्मान प्रदान गर्दै विदाई गरेको छ । कार्यक्रममा बोहरालाई कदर पत्र र मायाको चिन्ह प्रदान गरियो ।

भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन शिक्षक चन्द्रप्रकाश जोशीले गरे ।

lotus institite

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर सिंह महरा, सहायक प्रधानाध्यापक चक्र महरा, शिक्षकहरु राम दत्त अवस्थी, इन्द्र देब पाठक, इन्द्र नाथ योगी लगायतका सहभागी भएका छन् ।

daimond public

यसैगरी कार्यक्रममा नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना भएका नयाँ विद्यार्थीहरुलाई छात्रबृत्ति र पोशाक वितरण गरिएको छ । शिशुदेखि कक्षा ९ सम्मका सबै विद्यार्थीलाई पोशक र छात्रबृत्ति वितरण गरिएको छ ।

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष आग्रीले शिक्षक बोहराको विदाईमा विद्यालय परिवार भावुक भएको बताए । उनले बोहराले विद्यालयमा शिक्षण बाहेक गरीब, दलित र मजदुर परिवारका विद्यार्थीहरुलाई सहयोग गरेको उनले बताए ।

‘वहाँले यस विद्यालयमा पढ्ने गरीब, जेहेन्दार मजदुर दलित विद्यार्थी हरुलाई लुगा कपडा औषधि, आर्थिक सहयोग लगायत विभिन्न कुरामा सहयोग गर्न भाको छ, विद्यालयमा आएका सानातिना भौतिक शैक्षिक लगायतका समस्यामा सहयोग गर्ने व्यक्ति हुनु हुन्थ्यो’ उनले भने, ‘मलाइ कक्षा एक देखि चार सम्म पढाउनु भएका शिक्षकलाई आज यसै स्कुलको अध्यक्ष भएर बिदाइ गर्न पाउँदा म आफूलाई शौभाग्यमानी मान्छु ।’

Himal dental
सम्बन्धित
Loading...