अवैध संरचना हटाउनमा पनि मेयरको मनोमानी, आफना कार्यपालिका सदस्यको संरचनामा योजना सम्झौता, अरुका डोजर लगाएर भत्काउँदै
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले शनिबारदेखि होटल आपेरा पछाडि नगर विकास समितिको जग्गा कब्जा गरी निर्माण गरिएका अवैध संरचनामा डोजर लगाएर भत्काउन सुरु गरेका छन् ।
भीमदत्त नगर विकास समितिबाट केही दिन अघि निर्णय गराएर उनी अवैध संरचना भत्काउन थालेका हुन् । भीमदत्तका मेयर बोगटी नगर विकास समितिमा अध्यक्ष छन् ।
नगर विकास समितिको बैठकपछि अवैध संरचनालाई आफ्नो स्वामित्वमा लिन पनि मेयर बोगटीले आफ्नो कार्यपालिका सदस्य सहितलाई पत्र पठाएका छन् ।
नगर विकास समितिका अनुसार भीमदत्त कार्यपालिका सदस्य हरिहर परियार सहित काँग्रेस नेताका अवैध संरचना आफनो स्वामित्वमा लिएर जोगाउने प्रयासमा मेयर बोगटी लागेका छन् । कार्यपालिका सदस्य परियारको अवैध संरचनामा नगरपालिकाबाट बोगटीले २५ लाखको योजना सम्झौता गरि दिएका छन् । भीमदत्तका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा अवैध संरचनाको चट ढलान गरिएको थियो ।
मेयर बोगटी आफ्नो कार्यपालिका सदस्यको अवैध संरचना जोगाएर अन्यका संरचनामा डोजर चलाउन थालेपछि उनी विवादमा तानिने सम्भावना छ । यस अघि यातायात र मालपोत कार्यालयका संरचना हटाउँदा पनि उनी विवादमा आएका थिए । आन्तरिक राजश्व कार्यालय अगाडिका सबै संरचना हटाए पनि एक जनालाई संरक्षण दिएको भन्दै उनको चौतर्फी आलोचना भएको छ ।
जिल्ला समन्वय समितिका उप प्रमुखको निवासगंगै जोडिएको नगर विकास समितिको जग्गामा शिशिर अनलाइन नामको फर्म सञ्चालन गर्न दिइएको छ । भीनपा ४ का वडा अध्यक्ष सुशिल भट्टले पूर्णागिरी मेलासम्म मात्रै फर्म सञ्चालन गर्न दिइने बताए ।
भीमदत्त नगर विकास समितिले केही दिन अघि गरेको जेठ ५ गतेभित्र ती संरचना भत्काउने निर्णय अनुसार शनिबार डोजर लगाइएको हो । समितिले ओपेरा पछाडि निर्माणाधिन संरचना भत्काउने निर्णय गरेको थियो । मेयर बोगटीले होटेल ओपेराबाट अवैध संरचना भत्काउने अभियान सुरु गर्ने धेरैको अनुमान थियो ।
समितिको निर्णय अनुसार ओपेरा पछाडिका संरचना डोजर लगाएर भत्काए भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदराज अवस्थीले बताए । ‘जेठ ५ गतेदेखि पिलर हालेका नहालेका, उपयोग भएका नभएका संरचना भत्काउने निर्णय गरिएका थियो, त्यस अनुसार ती संरचना डोजर लगाएर भत्काएका छौ’ उनले भने ।
यस अघि चार वर्ष अघि पनि यी संरचना भत्काउन डोजर लगाईएको थियो । राजनीतिक दलका युवा र विद्यार्थी संगठनको दवावमा डोजर लगाए पनि केही घर भत्काएर छाडिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले अवैध संरचना निर्माणमा रोक लगाएपछि निर्माण कार्य रोकिएको थियो । त्यस अघि जग्गा कब्जा गरी रात दिन लगाएर ती संरचना निर्माण गरिएका थिए ।
कार्यपालिका सदस्यले बनाएको अवैध संरचनाको भुक्तानीका लागि मेयर बोगटी सहित उप मेयर जोशी सहितले प्रमुख प्रशासकीय अधिकृतलाई दबाव दिँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे भ्रष्टाचार मुद्दा लाग्न सक्ने डरले कर्मचारीहरु भुक्तानी गर्न डराएका छन् ।
योजना सम्झौतापछि नगरपालिकाले छात्रासबास निर्माणसंग सम्बन्धित कागजात पठाउन पत्राचार गरेको थियो । सुदूरपश्चित दलित छात्राबासले हालसम्म कुनै पनि काजात पठाउन सकेको छैन ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बैशाख ३१ गते छात्राबासलाई स्वामित्व हस्तान्तरणका लागि पत्राचार गरिएको बताए । उनले नगर विकास समितिको निर्णय अनुसार पत्राचार गरिएको बताए । ‘त्यो भवन बनि बसेको छ, त्यस कारण त्यसलाई स्वामित्मलाई लिने कुरा भएको छ’ उनले भने ।
नगर विकास समितिले होटेल ओपेरा पछाडिका निर्माणाधिन अवैध संरचना जेठ ५ गतेसम्म हटाउने निर्णय गरेको छ । त्यसपछि सात दिने सूचाना सार्वजनिक गरी त्यस बाहेकका अवैध संरचनाको स्वामित्वका हस्तान्तरणका लागि सूचना जारी गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम दलित छात्राबासलाई जग्गा भोगाधिकार दिएका कागजात कार्यालयमा कही पनि नभएको नगर विकास समितिका सदस्य कलक बहादुर सिहले बताएका थिए ।
१० वर्षदेृखि नक्सापास प्रक्रिया समेत सुरु नगरी बनाउन थालिएको छात्राबासमा विभिन्न सरकारी निकायको झण्डै एक करोड बजेट खर्च भएको बताइन्छ । अवैध संरचनामा निर्माणमा कञ्चनपुर क्षेत्र नं ३ का साँसद रमेश लेखक लगायतले लगानी गरेका छन् ।
सुदूरपश्चिम दलित छात्राबास समितिका अध्यक्ष परियार सहित सबै काँग्रेसका नेता कार्यकर्ता सदस्य छन् । उनीहरुमध्ये समितिका सचिव पवन नेपाली बेदकोट नगरपालिका कार्यपालिका सदस्य छन् । राजनीतक पहुँचका आधारमा उनीहरुले अवैध संरचनामा बजेट ल्याएर बर्सेनी निर्माण कार्य गर्दै आएका छन् । छात्राबास निर्माणमा व्यापक अनियमिता भएको आशंका गरिएको छ ।
निर्माणाधिन भवनलाई सहकारीलाई भाडामा दिइएको छ । कार्यपालिका सदस्य परियार सहित सुदूरपश्चिम दलित छात्राबास समितिका पदाधिकारीहरु सहकारीमा शेयर सदस्य छन् ।
छात्राबासमा राखिएको सहकारी केही वर्ष अघि महेन्द्रनगरमा बचतकर्तालाई ठगी गरेको ढुकुटी बहुउद्देश्यीय सहकारी संस्थालाई संकल्प कृषि सहकारी संस्था नाम राखेर सञ्चालन गरिएको हो ।