
महेन्द्रनगर । पेशागत महासंघ नेपालको घटक सेवा निवृत राष्ट्र सेवक संघ कञ्चनपुरले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विभिन्न माग सहितको १५ बुँदे ज्ञापन पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
प्रशासन कार्यालयमा संघका कञ्चनपुर अध्यक्ष शेर सिह कार्कीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गरे ।

पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भट्टले सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत १५बुँदे माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए ।
