ghar sansar

बेदकोटमा रास्वपाका कार्यकर्ताले समाते राजश्व नतिरी ग्राभेल बोक्दै गरेका दुई ट्रिपर

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाका) कार्यकर्ताले बेदकोट नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरि रहेका सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

रास्वपाका नेता तेज बहादुर ठगुल्लाको नेतृत्वमा बेदकोटका विभिन्न नदी खोलाबाट रोयल्टी नतिरी नदीजन्य पदार्थ ओसारपसार गरि रहेका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

dirghayi clinic

नगरपालिकालाई पटक पटक सचेत गराउँदा पनि चासो नदेखाएपछि आफूहरुले रोयल्टी नतिरी ग्राभेल बोक्दै गरेका दुई टिप्पर नियन्त्रणमा लिएको ठकुल्लाले बताए ।

उनका अनुसार सुपप्र ०२–००१ख९५८ र से १ क २६८ नम्बरको ट्रिपर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइर्एकोे हो ।
बेदकोट नगरपालिकाका जनप्रतिधि र कर्मचारीको मिलेमतामा अवैध ओसारपसार भएको आरोप ठगुन्नाले लगाएका छन् ।

बेदकोट नगरपालिकाले पटक पटक खोलेका ठेक्का टेण्डर नपर्दा अमानतमा नदीजन्य पदार्थको संकलन, बिक्री वितरण र ओसारपसार गर्दै आएको हो ।

नगरपालिकाले तीन पटकसम्म नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आव्हान गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...