सत्ता जोगाउने खेल

मंगलबार कान्तिपुरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठगीमा संलग्न रहेको सप्रमाण समाचार सम्प्रेषण गरेको छ । कान्तिपुरले लेखेको छ सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपँया सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैँया सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । २०७७ फागुन ११ मा औपचारिक रूपमा ग्यालेक्सी टेलिभिजनको औपचारिक घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका थिए । करिब १५ महिनापछि ०७९ असार १ मा उनी कम्पनीबाट बिदा भएका थिए ।

उनी प्रबन्ध निर्देशक भएको अवधिमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा धमाधम रकम आएको स्पष्ट हुने कागजात प्रहरी र सहकारी कार्यालयमा छन् । काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको साहारा र पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा सारिएको पुष्टि हुने दस्तावेज अहिले सहकारी कार्यालय, प्रहरीका विभिन्न कार्यालय, सीआईबी, महानगर र अदालतसम्म पनि पुगेका छन् । तर सत्ताको प्रभावले अनुसन्धान अघि बढेको छैन । यो नेपालकै ठूलो मिडिया हाउसले सम्प्रषण गरेको समाचार हो । मिडियाले यसरी समाचार लेखि राख्दा र प्रतिपक्षी दलहरुले सदन नै अवरुद्ध गर्दा पनि सरकार छानविन समिति बनाउन तयार देखिदैन । सरकार स्वयम अपराधिलाई काखि च्यापेर सर्वसाधारणले पेट काटेर जोगाएर बचत गरेको पैसा कसरी फिर्ता पाउने ?

janjyoti campus

सर्वसाधारणले बचत गरेको ९५ करोड रुपैँया अपचलन गर्नेलाई जोजोगाउन सरकारको अडानले सरकार जोगाउन जे पनि गर्न पाइने र सरकारमा भएकाहरुकोे जनतालाई जति अन्याय परे पनि कुर्सी सुरक्षित हुनु पर्ने नेपाली जनताको बध्यता भएको छ । अहिले कुर्सी जोगाउन अपराधीलाई संरक्षण गरे पनि सर्वसाधरण आसुले एक न एक दिन पोल्ने नै छ । सत्ताको आडमा पञ्चहरुले ज्यादति गरेकै कारण पञ्चायती व्यवस्थाको अन्त्य भएको हो । संवैधानिक राजाले हुकुमी शासन चलाउन खोजेकै कारण राजसंस्थाको अन्त्य भएको हो । अहिले सत्तामा आसिन महाराजाहरुले जनताको दुःख मर्का भन्दा पनि आप्mनो कुर्सी कसरी जोगाउन सकिन्छ ।

कुर्सी जोगाउन जेलमा हुनु पर्नेलाई गृहमन्त्री बनाउने र सत्ताको प्रभावले अनुसन्धान अघि बढन नदिने कार्यले तपाईले जोगाउन खोजेको कुर्सी धेरै दिन नजोगिन सक्छ । तपाईको कुर्सीसंगै तपाईलाई त्यो आशसनमा विराजमान गाउने व्यवस्था समेत संकटमा पर्न सक्छ । लोकतान्त्रिक व्यवस्था जनताको लागि जनताद्वारा गरिने शासन भनिन्छ तर ठिक उल्टो भएको छ जनता मार्ने अपराधी जोगाउने व्यवस्था कति दिन टिक्न सक्ला सत्तामा बसेकाहरुले सोच्नु पर्ने हो । पद, प्रतिष्ठा सम्मान तब मात्र पाइन्छ जब जनताले चाहेजस्तो काम गर्न सकिन्छ । वर्तमान सरकार प्रमुख र सरकारमा साझेदार एमालेका अध्यक्ष केपी ओलीले अति भएर नै पञ्चायती फालिएको र राजा फालिएको देखेकै हुन तर आफुहरुले अति गर्दा पनि जनताले यसरी नै फाल्छन् भन्ने हेक्का रहेनछ । गृहमन्त्री रवि लामिछाने जोगाउन न्वारन देखिको बल लगाउने एमाले अध्यक्ष केपी ओलीले सहकारी पीडीतहरुलाई के जवाफ दिनु हुन्छ । गृहमन्त्री रवि लामिछाने विरुद्ध यतिधेरै प्रमाण हुँदा पनि तपाईले जोगाउन खोज्नुको रहस्य पनि बाहिर आउन सक्छ ।

ghar sansar
सम्बन्धित
Loading...