
महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी डेढ सय वासिन्दाको स्वास्थ्य परीक्षण गरेको छ ।
वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार कार्यालयमा शिविर सञ्चालन गरिएको छ । शिविरमा नाक, कान घाँटी, दन्त तथा मुख, स्त्रीरोग र जनरल फिजिसियन लगायतका विशेषज्ञ सेवा र समान्य स्वास्थ्य जाँच गरिएको छ ।

वडा अध्यक्ष प्रकाश थापाले घरदैलोमा वडा वासिन्दालाई स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
