
महेन्द्रनगर । काँग्रेस सभापति शेर बहादुर देउवा, पूर्व सभापति स्वर्गिय गिरिजा प्रसाद कोइराला र लौहपुरुष स्वर्गिय गणेश सिहलाई भुवनराज भट्टले २०३१ सालमा बैतडीको दशरथ चन्द नगरपालिका नौहाटस्थित आफ्नै घरमा भेटेका थिए ।
काँग्रेस नेता विनयध्वज चन्दलाई भेट्न आएका उनीहरु भट्टलाई राधाकृण भट्टलाई भेट्न उनको घरमा आएका थिए । कम्पनी बाजेका नामले चिनिले उनका बुवा भट्ट बैतडीमा काँग्रेसका परिचित अनुहार थिए । २०५१ मा उनी संसारबाट विदा भइ सकेका छन् ।

अहिले ६० वर्ष पुग्न लागेका भट्ट काँग्रेसका नेताहरु घर आउँदा त्यति बेला ८ वर्षको थिए । बुवालाई भेट्न घर आएका नेताहरुलाई दही चिउरा खुवाएको उनलाई अझै सम्झना छन् ।
घर परिवार काँग्रेस भएपछि अन्य नेताहरु पनि घर आइ रहन्थे । काँग्रेसलाइ सहयोग गरेको भनेर उनको परिवार पञ्चायती शासकको निशानामा परेको थियो । पञ्चायतकालको श्रीकान्त दौडाहाले काँग्रेसी भन्दै उनको बुवाको घाँटीमा कुकुर राखेको थियो ।
‘त्यो बेला त्यसैत थियो, यी कुरा मलाई अहिले सम्झन मन छैन, त्यति बेला काँग्रेस भनेर हाम्रो परिवारले निकै दुःख पाएको थियो’ भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भट्टले भने,‘म होस खुलेपछि काँग्रेस छु, किन काँग्रेस भए भन्ने छैन, मेरो घर परिवार नै काँग्रेस हो ।’
बैतडीमा काँग्रेस सभापति देउवा सहितका नेताहरुलाई घरमा दही चिउरा खुवाएको वर्ष उनी तराई झरेका हुन् । भीमदत्त नगरपालिका १५ गोबरैयाका वासिन्दा भट्ट २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । काँग्रेसका क्रियाशिल उनले कम्युनिष्ठ गठनलाई पहिलो पटक भत्काएर काँग्रेसलाई जिताएक हुन् ।
५ रुपैँया तिरेर काँग्रेसका क्रियाशिल सदस्यता लिएका उनले पार्टी सदस्य बाहेक हालसम्म अन्य जिम्मेवारीमा छैनन् । निर्माण व्यवसायी पृष्ठभूमिका उनी अचानक आफू वडा अध्यक्ष भएको बताउँछन् ।
‘म निर्माण व्यवसायी क्षेत्रमा संलग्न मान्छे हुँ, दुई पटक निर्माण व्यवसायी संघको अध्यक्ष भए, पार्टीका कार्यक्रमम गइ रहन्थे, पदका लागि कहिले मागेन’ उनले भने,‘यो वडा अध्यक्ष पनि अचानक भएको हुँ, अध्यक्ष हुने भन्ने मेरो कुनै सोच थिएन ।’
स्थानीय तह निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको खोजी गर्दा पनि उनी आकाँक्षी थिएनन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी सहितका नेताहरुसित समान्य छलफल हुँदा अवस्थीले तपाईले चुनाव लड्नु पर्छ भनेपछि आफू उम्मेदवार हुने बाटातिर हिँडेको उनी बताउँछन् ।
‘त्यस अघि त मलाई उम्मेदवार हुने कुनै सोच थिएन, वहाँले भनेपछि त्यही दिनदेखि म उम्मेदवार भए, चुनाव लडे, जिते’ उनले भने ।
निर्माण व्यवासयी संघमा दुई पटक अध्यक्ष हुँदा जनतासित भएको सम्बन्धका कारण आफूले चुनाव जितेको वडा अध्यक्ष भट्टले बताए ।
पार्टीले उम्मेदवार बनाएपछि आफूले घरदैलो गरी सबै मतदातालाई हात जोडेर सहयोगका लागि आग्रह गरेको उनी बताउँछन् ।
वडा अध्यक्ष भएको दुई वर्षे कार्यकाल अपेक्षा अनुसार पूरा गर्न नसकिएको उनी चिन्तित छन् । वडा कार्यालयसित अपेक्षित बजेट नहुँदा जनताको इच्छा र माग अनुसार काम गर्न समस्या भएको उनी सुनाउँछन् ।
शुक्लाफाँटा पर्यटन मार्ग र छाडा चौपाया व्यवस्थापन सहित बाटोघाटो निर्माण कार्यलाई चुनावी एजेण्डा बनाएका उनले बजेट नभएर ती काम अघि बढ्न नसकेको बताए ।
शुक्लाफाँटा पर्यटन मार्गबाट स्थानीयलाई यातायात सुविधा र रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको भनाई छ । भीमदत्तका निवर्तमान मेयर सुरेन्द्र विष्टले शुक्लाफाँटा पर्यटन मार्ग निर्माण थालनी गरेका हुन् ।
अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बागफाँटामा पर्यटन मार्ग निर्माणको कार्यमा अवरोध गरेको छ । पर्यटन मार्ग निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारले चासो दिनु पर्ने उनी बताउँछन् ।
भीमदत्त १९ बागफाँटा र झोलुङ्गे पुल जोड्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार पर्यटन मार्ग बनाउन लागिएको हो ।
वडाको बजेट अघिल्लो दुई वर्षको तुलनामा घटेर आएपछि काम गर्न समस्या भएको उनी बताउँछन् । चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट ६९ लाख मात्रै छन् । वडा बजेटलाई भाग लगाउँदा एक टोललाई पाँच लाख पनि पुगाउन नसकिने अवस्था भएको अध्यक्ष भट्टले बताए ।
वडा अध्यक्ष भएपछि भट्टले सडक कालोपत्रे, सडक बत्ती जडान, कल्भर्ट निर्माण, विद्यालयलाई सहयोग, ग्राभेल लगायतका कार्य गरिएको जानकारी दिएका छन् ।
वडाभित्रका लक्ष्मी मावि खैरभट्टी र दशरथ आधारभूत विद्यालयलाई शैक्षिक सुुधारका लागि एक÷एक लाख सहयोग गरिएको छ ।
शुक्लाफाँटा निकुञ्ज किनारका वस्तीमा सौर्य बत्तीमा सौर्य बत्ती जडान गरिएका छन् । निकञ्ज किनारका चाहना टोल, हरि टोल, शारदा टोल र राधाकृष्ण टोलमा सौर्य बत्ती जडान गरिएको छ ।
निकुञ्ज किनारका वासिन्दालाई वन्यजन्तुबाट सुरक्षित बनाउन र बालीनाली संरक्षण गर्न निकुञ्जसित पटक पटक छलफल गरिएको वडा अध्यक्ष भट्टले बताए ।
वडामा संघ र प्रदेश सरकारका योजना पनि सञ्चालनमा छन् । शारदा टोल र हरि टोलमा दुई सडक कालोपत्रे गरिएका छन् । पूर्वाधार विकास कार्यालयले राम जानकी टोल र कालिका टोल जोड्ने पुल निर्माण गरि रहेको छ ।
यस वर्ष राम जानकी टोलमा २० लाखको सडक कालोपत्रे योजना सुरु भएको छ । दुई वर्षमा वडाका लागि विनियोजन गरिएको बजेटबाट ग्राभेल हालिएको छ । वडा कार्यालयले यस वर्ष वडाका सबै गतिविधि समावेश भएको वृत्त चित्र बनाउन लागेको छ ।
वडामा ह्युम पाइप र कल्भर्ट निर्माण कार्य गरिएका छन् । स्थानीय सरकारको बजेटबाट वडामा ठूला विकास योजना निर्माणका कार्य गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारसित पहल गरेको उनी बताउँछन् ।
वडा अध्यक्ष भट्ट भीमदत्तका ज्येष्ठ जनप्रतिनिधिमा पर्छन् । भीमदत्तका जनप्रतिनिधमा भीनपा १६ का वडा अध्यक्ष केशवसिह विष्ट मात्रै उनी भन्दा जेठा छन् ।
बजेट नभएर कामको गति अघि बढाउन नसकेको उनको भनाई छ । उनी विकास निर्माणमा तीन तहका सरकारको शैली देखेर पनि असन्तुष्ट छन् । भन्छन्,‘विकास गर्ने सरकारको शैली नै ठिक छैन, त्यसैले पनि म सन्तुष्ट छैन ।’
