ghar sansar

कञ्चनपुरमा आइतबारदेखि पोलियो खोप अभियान सञ्चालन, ३३ हजार बढी बालबालिकालाई खोप लगाइने

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा आइतबारदेखि आइ.पी.भी. खोप अभियान सञ्चालन हुन हुँदैछ । स्वास्थ्य कार्यालयले  सबै पालिकामा खोप अभियान सञ्चालन गर्न लागेको छ ।

जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानको सबै तयारी पूरा गरिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धब सिह ठगुन्नाले बताए ।

,orning glory badhai

‘सरकारको राष्ट्रिय अभियान अन्र्तगत विगतमा पोलियो खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी यस पटक जिल्लाभर अभियान सञ्चालन गरि रहेका छौ’ निमित्त कार्यालय प्रमुख ठगुन्नाले भने,‘यसको सबै तयारी पूरा भइ रहेको छ, अभियानभरि छुटेका सबै बालबालिकालाई खोप लगाउन आग्रह गर्दछौ ।’

कञ्चनपुरमा ३३ हजार ९ सय ४३ बालबालिकालाई पोलियो खोप लगाइने स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक खगेन्द्र कार्कीले बताए । उनका अनुसार यो राष्ट्रिय लक्ष्य भन्दा बढी हो । कञ्चनपुरमा २७ हजार दुई सय बालबालिकालाई खोप लगाउने राष्ट्रिय लक्ष्य छ ।

जिल्लाका सबै पालिकाकाबाट उपलब्ध तथ्याङ्कका आधारमा राष्ट्रिय लक्ष्य भन्दा बढी बालबालिकालाई खोप लगाउनु पर्ने अवस्था आएको तथ्याङ्क सहायक कार्कीले बताए ।

पोलियो खोप अभाव भएपछि २०७३ जेठदेखि २०७५ भदौसम्म खोपबाट छुटेका बालबालिकालाई अहिले खोप लगाउन थालिएको हो । यसका लागि स्वास्थ्य कार्यालयले सबै स्थानीय तहबाट बालबालिकालाई तथ्याङ् संकलन गरी खोप लगाउने तयारी गरेको हो ।

dirghayi clinic

‘त्यो बेला खोप नआएर लगाउन सकिएन, त्यसमा छुटेका बालबालिकालाई अहिले खोप लगाउने लागिएको हो’ स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर जनक कुँबरले भने ।

उनका अनुसार यस अघि बालबालिकालाई पोलियो थोपा खुवाउने गरिए पनि अहिले खोप नै लगाइने भएको हो । पोलिया थोपा खुवाएपछि दिशाबाट संक्रमण फैलिन सक्ने भएकाले सुईबाट खोप लगाउन थालिएको कुँबरले बताए ।

खोप अभियानका लागि विद्यालयमा खोप केन्द्र राखिएका छन् । खोप लगाउन छुटेका बालबालिकालाई विद्यालय उमेरका भएकाले विद्यालयसित समन्वयन गरी केन्द्र राखिएको छ । जिल्लामा ५ सय ८५ खोप केन्द्र छन् । ती सबै खोप केन्द्रबाट खोप केन्द्रमा स्वास्थ्यकर्मीले बालबालिकालाई खोप लगाउने भएका छन् ।

खोप अभियानमा विद्यालय बाहिरका बालबालिकालाई पनि सहभागी गराउने स्वास्थ्य कार्यालयको तयारी छ । कार्यालयका अनुसार खोप केन्द्रबाट खोप लगाई सकेपछि छुटेका बालबालिकाका लागि स्वास्थ्य संस्थामा केन्द्र राख्ने तयारी छ ।

कार्यालयका तथ्याङ्क सहायक कार्कीले स्वास्थ्य संस्थामा केन्द्र राख्ने सबै तयारी पूरा गरिएको जानकारी दिए । सरकारले अभियान अन्र्तगत देशभर १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

स्वास्थ्य कार्यालयले शुक्रबार कार्यालयमा खोप अभियान सम्बन्धि छलफल कार्यक्रम गरी सहयोगको आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख उद्धब सिह ठगुन्ना, खोप सुपरभाईजर जनक कुँबर, पोषण फोकल पर्सन कपिलदेब जोशी, तथ्याङ्क सहायक खगेन्द्र कार्की लगायतका सहभागी भए ।

कार्यक्रममा कार्यालयका तथ्याङ्क सहायक कार्कीले खोप अभियान सम्बन्धि जानकारी सहितको प्रस्तुतीकरण गरे ।

Himal dental
सम्बन्धित
Loading...