ghar sansar

दुई वर्ष लगाएर कुतियाकबरमा बनाउन नसकिएको सेफ हाउसमा दलबल सहित पुगिन मन्त्री चौधरी

khasi

महेन्द्रनगर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी दोधारा चाँदनी नगरपालिका १० कुतियाकवर पुगेर फर्किएकी छन् । महाकाली र जोगबडुा नदीको बाढीको उच्च जोखिममा परेका कुतियाबर पुगेर मन्त्री चौधरीले स्थानीसित भेटघाट र छलफल गरेकी छन् ।

कुतियाबरस्थित निर्माणाधिन सुरक्षित घर(सेफ हाउस) मा मन्त्री चौधरीलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका छन् । उनीहरुले मन्त्री चौधरीलाई कुतियाबरको बाढीको स्थायी समाधानका लागि आग्रह गरेका छन् ।

बर्खा सुरु हुने अघिल्लो महिना अघि मन्त्री चौधरी मन्त्रालयका सचिव सहितको टोली लिएर कुतियाकवर पुगेकी छन् । गैर सरकारी संस्था संस्था निड्सले मन्त्री सहित चौधरीलाई आफ्नो कार्यक्रम अनुगमनका लागि दोधारा चाँदनी ल्याएको हो । निड्सले दोधारा चाँदनीमा अक्सफामको सहयोगमा विपद् न्यूनीकरणका लागि कार्यक्रम गरि रहेको छ ।

मन्त्री चौधरी गैर सरकारी संस्थाको आग्रहमा कतियाकवर आएकी हुन् । उनीसँगै महिला बाल बालिका तथा सामाजिक विकास समिति पूर्व सभापति निरूदेवी पाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय उसचिव विनोद दाहाल, समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट, कोषाध्यक्ष विनय लामाज्यू, बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बाँनिया, सदस्य सचिव ईन्द्रा देवी ढकाल, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उप मेयर गंगा जोशी लगायतका सहभागी भएका छन् ।

कुतियाकरमा स्थानीयलाई बाढीबाट जोगाउन अघिल्लो वर्षदेखि सेफ हाउस बनाउन थालिएको हो । दोधारा चाँदनी नगरपालिका, निड्स र एनएनएस डब्लुको साझेदारीमा बनाउन थालिएको सेफ हाउस अझैसम्म निर्माण हुन सकेको छैन ।

dirghayi clinic

यस वर्ष सेफ हाउस निर्माण कार्य पूरा गर्ने तयारी सहित कार्य थालिएको छ । गत वर्ष बर्खा याम सुरु हुन अघि नै सेफ हाउस बनाउने लक्ष्य लिएर सुरु गरिएको थियो ।

दुई वर्षदेखि निर्माणाधिन सेफ हाउसमा मन्त्री चौधरी पुगेकी छन् । मन्त्री चौधरीले सेफ हाउसबारे पनि जिज्ञासा राखेको स्थानीयले बताए ।

स्थानीय सरकार र गैर सरकारी संस्थाले बनाउन लागेको यो सेफ हाउसमा झण्डै ३० लाख खर्च हुने अनुमान गरिएको छ । त्यसमा साभेदारीका लागि दोधारा चाँदनी नगरपालिकाले गत वर्ष बजेट छुट्याएको थियो ।

गत वर्ष बर्खा सुरु हुन अघि नै सेफ हाउस निर्माण कार्य बन्द गरिएको थियो । उपभोक्ता समितिले निर्माण कार्य अघि बढाए पनि साझेदार गैर सरकारी संस्थाले केही निर्माण सामाग्री सहितका समान आफैंले किनेर पठाई दिएका छन् । गैससले सेफ हाउसका लागि आवश्यक समान सार्वजनिक सूचना आव्हान गरी खरिद गरेका थिए ।

उपभोक्ता समिति गठन गरी निर्माण सुरु गरिएपछि साझेदार संस्था आफैंले समान खरिद गरेपछि विवाद भएर निर्माण कार्य रोकिएको थियो ।

बाढीको बेलामा वासिन्दालाई सुरक्षित बसाउन सेफ हाउस बनाउन लागिएको हो । निड्स नेपालको समुदायको बाढी उत्थानशिलता मापन परियोजना(एफआरएमसी) अन्र्तगत दुई तले पक्की घर बनाउन सहयोग गर्ने सम्झौता भएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...